बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दुर्घटनामा दाजुभाईको ज्यान गयो

बिहीबार, २३ वैशाख २०७३, १६ : ४८
बिहीबार, २३ वैशाख २०७३

सिरहा – सिरहा चोहर्वा सडक खण्डको लक्ष्मीपुर ७ मा आज विहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ । जन्तीबाट फर्किरहेको बेला ना १ ख २२७ नम्वरको ट्रकको ठक्करबाट स ६ प ७७६४ नम्वरको मोटरसाइकललाई ठक्करदिदा गुलरीया ९ का नरेश ठाकुर र रामशंकर ठाकुरको ज्यान गएको हो । दुवैको शव पोष्टमार्टमकोलागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाएको छ । मृतक दाजुभाई रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप