बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मन्दिरको जग्गामा स्थानियको बिरोध

बिहीबार, २३ वैशाख २०७३, १६ : ५७
बिहीबार, २३ वैशाख २०७३

इटहरी – इटहरी २० स्थित पकलीमा रहेको राम जानकी मन्दिरको जग्गा उपभोग गर्ने बिषयमा मन्दिर सरक्षण समिति र स्थानियवासीबीच बिवाद चर्किएको छ । मन्दिरको नाममा रहेको १० बिगहा दुई कठ्ठा ३ धुर जग्गामा समितिले ३ कठ्ठामा मन्दिरको अन्तरिक आय स्रोतको लागी पोखरी निर्माण गर्ने बिषयमा स्थानियवासी तथा समिति बिच विवाद चर्किको हो । सार्वजनिक मन्दिरको नाममा रहेको जंग्गालाई स्वार्थ अनुकुल ठेक्कामा लगाएर बिवादित काम गरेको स्थानियहरुको आरोप छ । मन्दिरको जंग्गामा खेलकुद मैदान तथा बजारको लागी आबश्यक पर्ने भएकाले बिना जानकारी माटो खन्ने काम गरेको भन्दै स्थानियहरुले बिरोध गरेका हुन । उनिहरुले माटो खन्ने काममा अबरोध पुराएका छन । मन्दिर व्यवस्थापन समितिले ठेक्का मार्फत २० बर्षको लागी पोखरी खनेर त्यस क्षेत्रको पर्यटकिय स्थलको रुपमा बिकास गर्ने र मन्दिरको आर्थिक स्रोतलाई बृद्धि गर्नको लागी पोखरी खन्न शुरु गरेको थियो । तर स्थानियहरुले आफु खुशी निर्णय गरेर जंग्गाको प्रकृतिनै बिगार्ने गरी पोखरी बनाउदा त्यस आसपासको गाँउ र जमिन डुबानमा पर्ने भएकाले पोखरी खन्ने काम तत्काल बन्द गर्न माग गरेका छन । उक्त जंग्गामा जनसमुदायको हितमा हुने हाटबजार, खेलकुद मैदान तथा पशु बजार निर्माणको गर्नु पर्ने स्थानियहरुको माग छ । साथै सोही स्थानमा रहेको लाटीमाई देविको मन्दिरमा छेउमा लाग्ने मेलालाई पनि असर पुग्ने उनिहरुको भनाई छ । मन्दिर समितिको पोखरी खन्ने कार्य तत्काल बन्द गर्न पकलीका स्थानियहरुले आजै इटहरी उप–महानगरपालिका तथा जिल्ला प्रशासन कार्यालय सुनसरीमा समितिको जग्गा खन्ने काम स्थगित पर्ने बताउदै ज्ञापन पत्र बुझाएका छन । मन्दिर समितिको निर्णयमा स्थानियले बिरोध तथा अबरोध पुराएपछि समितिले पुनराबेदन अदालतमा काम संञ्चालन गरि पाँउ भन्दै निवेदन दिएका थिए । अदालतले पनि जिल्ला प्रशासन तथा इलाका प्रहरी कार्यालय पकलीलाई कुनै अबरोध नगर्न आदेश दिएको छ । यता मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष राजेश राईले मन्दिरको आर्थिक स्रोत बढाउनको लागी जग्गा भाडामा दिएको बताउदै स्थानियको बिरोधको कुनै आबश्यक नरहेको बताउनुभयो । व्यक्तिगत आफनो स्वार्थको लागी एक दुईजनाको कारणले काममा अबरोध पुगेको राईले बताउनुभयो । यस अघिको मन्दिर समितिमा बसेका केही व्यक्तिको असन्टुष्टिका कारण यो खेल भइरहेको राईको आरोप छ । आफुहरु कानुनि रुपमा अगाडी बढ्ने समेत समितिका उपाध्यक्ष राईले जानकारी दिनुभयो । यता स्थानियहरुको ज्ञापन पत्र बुझदै इटहरी उप–महानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सीनाले दुवै पक्षको बिषयमा आबश्यक छलफल गराएर समस्याको समाधान निकाल्ने आशवासन दिनुभयोे । उप–महानगरपालिकाले मन्दिर समिति र स्थानिय बिच देखिएको बिवादलाई जिल्ला प्रशासन कार्यालयको पहलमा मिलाउने बचन दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप