बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

संविधान बन्नु मात्रै समस्याको समाधान होइनः प्रचण्ड

बिहीबार, २३ वैशाख २०७३, १७ : ०३
बिहीबार, २३ वैशाख २०७३
काठमाडौं– एमाओवादी अध्यक्ष प्रचण्डले संविधान बन्नु मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै यसलाई जनताको जीवनसँग पनि जोड्नु पर्ने बताएका छन् । जनताको जीवनसँग नजोडे संविधान कागजको खोष्टो हुने खतरा भएको उनको भनाई थियो । उनले भने, ‘हामी समान्य अवश्थामा छैनौं, यस्तो बेला असाधारण खालको राष्ट्रिय एकता पैदा गर्नु जरुरी छ ।’ कार्ल माक्र्सको १९८ औं जन्म दिवसका अवसरमा आयोजित बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलहरु तयार हो भने राम्रो कुरा भएको भन्दै नेपाली काँग्रेसको प्रस्तावलाई आफूले धन्यवाद दिएको बताए । उनले भने, ‘तर अरु पनि दलहरु राष्ट्रिय सहमतिको सरकार बनाउन तयार हो त भन्दा तत्काल प्रमुख दलहरु राष्ट्रिय सहमतिको सरकारमा नआउने नदेखिए पछि यो प्रक्रियामा व्यवधान ल्याउने हाम्रो कुनै उद्देश्य थिएन ।’ उनले राष्ट्रिय सहमतिको लागि प्रयत्न जारी राख्न नेपाली काँग्रेस, सरकारमा भएका पार्टीहरु र सरकारमा नभएका मधेसी मोर्चा लगायत सबै पार्टीहरुसँग आफूहरुको जोड रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप