तारुकामा गौरा–पार्वती अस्पतालको निर्माणप्रक्रिया सुरु
बिहीबार, २३ वैशाख २०७३, १७ : ०६
नुवाकोट–नुवाकोट तारुका स्थित आँपचौरमा प्रश्तावित गौरा–पार्वती सामुदायिक अस्पतालको निर्मांण कार्यको प्रक्रिया सुरु भएको छ ।
बरिष्ठ पर्यटन ब्यावसायी तथा समाजसेवी मोहन लम्सालको नेतृत्वमा स्वीजट्जरलैण्ड नागरीक वर्नहार्ट बुल्लर, उनकी श्रीमति गिरिसा बुल्लर र गन्तब्य नेपालका अध्यक्ष तथा स्थानिय बुद्धिजिविी शिव अधिकारी सहितको टोलीले अस्पतालको अध्ययन अवलोकन गरी सर्भे कार्य सम्पन्न गरेको थियो ।
तत्कालका लागि सुविधायुक्त १० कोठे भवन तयार गर्न लागिएको उक्त अस्पताल नोभेम्बरको पहिलो हप्ताबाट निर्माण कार्य सुरु हुनेछ । यसका साथै दिर्घकालिन रुपमा भने स्तरोन्नती गरी ३० कोठको भवन तयार गरिने छ । उक्त अस्पतालको लागि जग्गा प्रदान गर्नेहरुमा ठुलोपोखरी वडा न.२ का शिव अधिकारी, आँपचौरका बिष्णु अधिकारी, आँपचौर २ का अर्जुन अधिकारी, कृष्णप्रसाद अधिकारी र आँपचौरकै शिव अधिकारी रहेका छन । यसका साथै अस्पतालको लागि आवश्यक पर्ने खानेपानिको ब्यवस्थाको लागि सोही स्थानको ८ सय मिटर तल रहेको पदालिबाट बिधुतिय प्रविधि प्रयोग गरी बर्षैभरि खानेपानिको ब्यवस्था मिलाइने बरिष्ठ पर्यटन ब्यावसायी तथा समाजसेवी मोहन लम्सालले जानकारी दिए ।
यसका साथै तारुका लगायतका अन्य स्थानका भुकम्प प्रभावित क्षेत्रमा सुविधा बिस्तारमा आफु सधै लागि पर्ने बताए । स्मरणीय छ, लम्सालकै संयोजनमा यसअघि सुविधायुक्त ३ वटा बिद्यालयको निर्माण भैसकेको छ । गन्तब्य नेपालका अध्यक्ष एबं स्थानिय बुद्धिजिवि शिव अधिकारीले तारुकाको बिकाशमा आफु दु्रत गतिमा लागि परेको र सोहीअनुसार बिद्यालय, अस्पताल र खानेपानीको निर्माण दु्रत रुपमा अघि बढेको बताए ।
तारुकाको बिकाशको लागि आफु हरदम चिन्तित रहेको भन्दै समाजसेवी अधिकारीले बिगतमा आफुबाट बिकाश निर्माणका क्षेत्रमा भएगरेका क्रियाकलापहरुलाई मनन गरी धैर्य गर्न समेत आग्रह गरे । यसका लागि जिल्लामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुलाई सहयोगका लागि आग्रह गर्दै अधिकारीले समाजसेवी मोहन लम्सालले सामाजिक क्षेत्रमा पुर्याएको सक्रियताको लागि धन्यबाद ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण