थप संकटमा वैद्य माओवादी : बादलले बोलाए छुट्टै केन्द्रीय समितिको बैठक
काठमाडौं – मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विभाजनको संघारमा पुगेको छ । पार्टीभित्र असन्तुष्ट रहेका रामबहादुर थापा ‘बादल’ ले छुट्टै केन्द्रीय समितिको बैठक आह्वान गरेपछि पार्टी अध्यक्ष वैद्य थप संकटमा परेका छन् ।
एमाओवादीसँग एकता गर्ने बहस चलिरहेकै बेला गत चैत २७ गते वैद्यले एक महिनाका लागि पार्टीको केन्द्रीय कमिटीको बैठक स्थगन गरेका थिए । तर, एक महिना पुग्नै लाग्दा उनले पुनः बैठक सार्ने भएपछि बादलले पूर्वनिर्धारित समयमा आफै केन्द्रीय समितिको बैठक डाकेका हुन् ।
केन्द्रीय समितिको बैठक बोलाउन अघि उनले काठमाडौंमा उपलब्ध आफू निटक केन्द्रीय सदस्यहरुसँग बुद्धनगरमा छलफल समेत गरेका थिए ।
यसरी बोलाइएको केन्द्रीय समितिको बहुमतले एमाओवादीसँग एकता गर्ने औपचारिक निर्णय गर्ने तयारी बादल पक्षधरहरुको रहेको छ । यसो भए विधिवत रुपमा नेकपा क्रान्तिकारी विभाजित हुनेछ भने एमाओवादीसँग एकता प्रक्रिया शुरु हुनेछ ।
यता, वैद्य पक्षधर नेताहरुले भने बादलले बोलाएको केन्द्रीय समितिको बैठकलाई गुट भेलाको संज्ञा दिँदै आफूहरु त्यसमा सहभागी हुन नजाने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण