राजनीतिक घटनाक्रमको असर पूँजीबजारमा : नेप्सेमा ‘गियर ब्याक’
काठमाडौं – देशमा बिकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमको असर बिहिबार पनि नेपाली पूँजीबजारमा देखिएको छ । हिजो आएको सरकार ढल्ने हल्लाले लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेपछि साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्से ४.९८ अंकले घटेको छ । झन्डै १८ अंकले घटेको नेप्से अन्ततः ४.९८ अंकले घटेर १४६३.११ को बिन्दुमा रोकिएको छ ।
यस्तो थियो बिहिबारको कारोबार
आज कारोबारमा आएका विभिन्न समूहमध्ये होटेल समूह उकालो लागेको छ भने अन्य सबै समूह ओरालो लागेका छन् । बिहिबार जम्मा १३३ कम्पनीका ८ लाख ६६ हजार २ सय ८२ कित्ता शेयर खरिद बिक्रीबाट ७३ करोड १७ लाख ८८ हजार ७ सय ५६ रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी एभरेष्ट बैंकको ७ करोड १६ लाख बराबरको कारोबार भएको छ । यस्तै नेपाल बंगलादेश बैंक, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, र नबील बैंकको कारोबार बढी छ ।
बिहिबार कसले कमाए कसले गुमाए ?
साताको पाँचौं दिन अर्थात आज बिहिबार भएको कारोबारमा महाकाली विकास बैंक, एनआइडीसी क्यापिटल मार्केट, हामा मर्चेन्ट एण्ड फाइनान्स, काक्रे बिहार विकास बैंक, युनिक फाइनान्स, र साझा विकास बैंकका लगानीकर्ताहरुले कमाएका छन् भने कसमस डेभलपमेन्ट बैंक, रिलायबल लोटस फाइनान्स, प्रोग्रेसीव फाइनान्स, र सूर्य लाइफ इन्सुरेन्सका लगानीकर्ताहरुले गुमाएका छन् ।
राजनीतिको स्पष्ट प्रभाव देखियो
देशमा बिकसित भएका पछिल्लो घटनाक्रमको असर नेप्सेमा देखिएको छ । केहि साता यता लगातार उकालो लागेको नेप्सेमा बुधबार सुरु भएको राजनीतिक घटनाक्रले प्रभाव देखिएको छ । आजको कारोबारको अवधिमा झन्डै १८ अंकले घटेको नेप्से अन्ततः ४.९८ अंकले घटेको छ । साताको चौथो दिन अर्थात हिजो बुधबार कारोबार अवधिमा झन्डै दोब्बर अंकले घटेको नेप्से ३.८४ अंकले घटेर १४६८.११ को बिन्दुमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण