कांग्रेस प्रचण्डको नामबाट ब्याक हुँदैनः गुरुङ
काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्गले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमति बन्ने बढी सम्भावना रहेकोले काग्रेसले सहमतिको सरकार गठनको मार्ग चित्र स्वरुप प्रचण्डको नाममा सरकार गठनको प्रस्ताव गरेको स्पष्ट पार्दै काग्रेसले प्रचण्डलाई प्रस्ताव गरिसकेकोले अब एमालेले सभापति शेरबहादुर देउवाको नाम प्रस्ताव गरे पनि काग्रेस नबहकिने दावी गरेका छन् । राजधानीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उनले भने,‘ यो सरकारमा संविधान कार्यान्वयन हुन नदिने संविधान विरोधीहरु छ त्यसैले यो सरकारमा काग्रेस जानु फेरि पनि संविधान कार्यान्वयनमा बाधक बन्नु हो । संविधान कार्यान्वयनको बाधक सरकार भएकोले काग्रेस त्यसको मतियार बन्न अहिलेको सरकारमा जाँदैन ।’ गुरुङले हिजो सहमतिको सरकार बनाउने विषयमा काग्रेसबाट केही कमजोरी भएकोले त्यसलाई सुधार्न सहमतिको सरकारको मिलन विन्दुको रुपमा प्रचण्डको नाममा सहमति गरेको दावी गरे । उनले संविधान कार्यान्वयन, पुर्ननिर्माण, कालोबजारी नियन्त्रण र जनताको चाहना पुरा गर्ने हिसावमा सरकार पूर्ण रुपमा असफल भएकोले पनि सहमतिकको सरकारकोलागि काग्रेसले मार्गचित्र प्रस्तुत गर्नु परेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण