बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

विज्ञापन करबाट काठमाडौँ महानगरपालिकाले कमायो पौने दुई करोड

बिहीबार, २३ वैशाख २०७३, १७ : ३८
बिहीबार, २३ वैशाख २०७३

काठमाडौँ -  चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले विज्ञापन करबाट रु एक करोड ९० लाख आम्दानी गरेको छ ।

विज्ञापन करबाट वार्षिक रु ५० लाख लक्ष्य राख्दै आएको कामपाले गत वर्ष रु १६ लाख मात्र आम्दानी गरेको थियो । कामपाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार चालु आवको चैत मसान्तसम्ममा विज्ञापनको करमार्फत सो रकम असुल गरिएको हो ।

“विगतमा विभिन्न किसिमका होडिङबोर्ड राखिने गरिन्थो, नियमभन्दा बाहिर रहेकाले कर तिर्नका लागि आउँदैनथे, तर अहिले ती सबै कर तिर्न आएका छन्” उनले भने । विज्ञापन नीतिअनुसार कुनै पनि सार्वजनिक जग्गामा विज्ञापन र बोड राख्न पाइँदैन । निजी जग्गामा भने छिमेकीको जग्गा र बाटोभन्दा १० फिटभित्र रही ३० फिट उँचाइसम्म मात्र विज्ञापन राख्ने पाइने नियम छ ।

खुल्लामञ्चमा राखिएको होडिङबोर्ड नियम बाहिर रहेको भन्दै कामपाले आपत्ति जनाएको छ । छिटफुट रुपमा अझै केही स्थानमा नियमभन्दा बाहिरका विज्ञापन रहेकाले त्यसको पनि तत्काल अनुमगन गरी हटाउने कार्य भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप