बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

संघीय गठबन्धनको बैठक तमलोपाद्वारा बहिस्कार

बिहीबार, २३ वैशाख २०७३, २० : ५४
बिहीबार, २३ वैशाख २०७३
[caption id="attachment_45217" align="alignleft" width="840"] file photo[/caption]

काठमाडौं – मधेसी मोर्चा र जनजाति पार्टीहरु सम्मिलित संघीय गठबन्धनको बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरु अनुपस्थित भएका छन् । आज संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको बैठकलाई तमलोपाका नेताहरुले बहिस्कार गरेका हन् । जनकपुरमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका तमलोपाका नेताहरु आजको बैठकमा उपस्थित हुन मानेनन् ।

संकटमा गठबन्धन : तमलोपाले भन्यो, ‘मधेशमा संघीय गठबन्धनको काम छैन’

उपेन्द्र यादवले भारतको नयाँ दिल्ली उड्नअघि महन्थ ठाकुरलाई फोन गरेर बैठकको बारेमा जानकारी दिएका थिए । तर, आफू दिल्ली जान लागेको भन्दै आफ्नो स्थानमा अन्य नेतालाई पठाउने ठाकुरले यादवले जानकारी दिएका थिए । उपेन्द्रको फोनपछि महन्थले सवेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनल, बृजेश गुप्ता, गोविन्द चौधरी लगायत नेताहरुलाई फोन गरेर बैठकमा जान आग्रह गरेका थिए । तर, कोही पनि नेता बैठकमा जान तयार भएनन् । तमलोपा स्रोतका अनुसार जितेन्द्र सोनलले त ‘तपाईं भन्नुहोस् म आगो र पानीमा जान छु तर गठबन्धनको बैठकमा जान सक्दिनसम्म’ को जवाफ महन्थलाई दिएका थिए । युक्त लोकतान्त्रिक मधेशी मोर्चालाई छायाँ पारेर संघीय गठबन्धनलाई आन्दोलनको नेतृत्व दिएपछि मोर्चाभित्र बिबाद उत्पन्न भएको छ । मधेशी मोर्चामा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीबाहेक अरु दल संघीय गठबन्धनप्रति असन्तुष्ट छन् । मोर्चामा हाल सातवटा दल रहेका छन् । जनकपुरमा दुई दिनसम्म बसेको तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको बैठकमा यो विषय प्राथमिकताका साथ उठेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप