बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

हस्तकला व्यापार मेलामा जे देखियो (फोटोफिचर)

बिहीबार, २३ वैशाख २०७३, २१ : ५०
बिहीबार, २३ वैशाख २०७३

काठमाडौं–हस्तकला महासङ्घको आयोजनामा १३ औँ हस्तकला व्यापार मेला तथा प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । सो मेलाको आज उद्घाटन गर्दै उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले नेपालको अर्थतन्त्र सुदृढीकरणका लागि नेपाल हस्तकला महासङ्घले ठूलो भूमिका खेलेको बताए । स्रोत र साधनको भरपुर उपयोग गरी मुलुकलाई विकासको बाटोमा अगाडि लैजान आवश्यक रहेको र जागिर खाने मानसिकता छाडेर उद्योग क्षेत्रमा लाग्न मन्त्री पाण्डेयले आग्रह गरे । वाणिज्यमन्त्री जयन्त चन्दले मुलुकमा पर्यटनका धेरै सम्भावनायुक्त क्षेत्र रहेका र पर्यटनमार्फत नेपाली हस्तकलालाई विदेशमा चिनाउनुपर्नेमा जोड दिए । नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्य, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष लोकमान्य गोल्छालगायतले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा नेपालको हस्तकला चिनाउन सके व्यापार घाटामा कमी आउने बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक किरण कुमार डंगोल तथा हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले मेलाको आयोजना र औतित्य माथी प्रष्टयाए । मेलामा नेपालभित्र महासंघका जिल्ला हस्तकला संघहरू, वस्तुगत संघहरूको साथै ती संघमा आवद्ध सदस्य उद्यमीहरू, काठमाडौं उपत्यकालगायत देशको ४५ भन्दा बढी जिल्लाका स्थानीय हस्तकला सामाग्रीहरूलाई उच्च प्राथमिकतामा प्रदशर््ानीे तथा बिक्रीको लागि राखिने महासंघले जनाएको छ । यसपटक व्यापार मेलाको विषय ‘हस्तकला ः समृद्धिका सम्भावनाहरू’ तय गरिएको आयोजक पक्षले जनाएको छ । यसबाट नेपाली हस्तकलाको महत्वपूर्ण स्थानलाई उजागर गर्ने अपेक्षा राखिएको छ । यो ब्यापार मेलालाई सार्क क्षेत्रकै हस्तकलाको बिजनेश हवको रूपमा विकास गर्दै लैजाने महासंघको लक्ष्य रहेको छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, हीरा तथा अन्य धातु र अमूल्य रत्न जडित गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरू प्रर्दशनी तथा बिक्रीका लागि राखिने बताइएको छ । मेलामा ६ वटा प्याभिलियन र १७७ वटा स्टल रहने छन् भने ती मध्येबाट उत्कृष्ट हुने एक प्याभिलियनलाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था गरिएको बताइएको छ । नेपालको निर्यात व्यापार र आन्तरिक बजारमा हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको छ । हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरू जर्मनी, फ्रान्स, बेलायत, जापान, चीन, भारत लगायत ८० भन्दा बढी मुलुकहरूमा ५० भन्दा बढी विभिन्न थरिका १० अरब भन्दा बढी हस्तकला वस्तुहरूको निर्यात हुँदै आएको छ । देश भित्रका आन्तरिक उपभोग करिब १० अर्ब बराबरको रहेको छ । यस क्षेत्रमा झण्डै ११ लाख भन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपबाट रोजगारी प्राप्त गरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप