बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सरुवा भएका कार्यकारी अधिकृत पुनः त्यहीँ ठाउँमा गएपछि...

शुक्रबार, २४ वैशाख २०७३, ०७ : ४८
शुक्रबार, २४ वैशाख २०७३

पोखरा – पोखराका कार्यकारी अधिकृत झलकराम अधिकारीको यतिबेला सरुवा भैसकेको छ । उनी सरुवा भएपनि सामान्य प्रशासन मन्त्रालयले पोखरामा अझैँ नयाँ कार्यकारी अधिकृत तोकेर पठाएको छैन् । झलकरामले आफ्नो सरुवा भएपछि निमित्तको जिम्मा वरिष्ठ अधिकृत ओमराज पौडेललाई दिएको दुई हप्ता पुग्न लागेको छ ।

वरिष्ठ अधिकृत पौडेल पनि निमित्त कार्यकारीको हैसियतमा दिनहुँ जसो पोखराका सार्वजनिक कार्यक्रममा सहभागि भइरहेका छन् ।

तर यता तिनै झलकराम अधिकारी बुधवार पोखरा उपमहानगरपालिका कार्यालयको कार्यकारी अधिकृतको हैसियतले पोखरा रंगशालाको बाटो शिलन्यास गरेको खबर मिडियामा आयो ।

सोही दिन निमित्तको हैसियतमा ओमराज पौडेल पोखराको ट्राफिक व्यवस्थापन सम्वन्धी कार्यक्रममा सहभागी भएको खवर तीनै मिडिायमा छापिएको छ ।

१० दिन पहिले अर्को व्यक्तिलाई निमित्तको जिम्मा दिएर हिँडेपछि पनि पुन नगरपालिकाको कार्यकारीको हैसियतमा बाटो उद्घाटन गर्नु पदीय दुरुपयोग भएको पोखरावासी नागरिकले गुनासो गरेका छन् ।

यता बाटो शिलान्यास गरेका झलकरामले आफू कार्यकारीको हैसियतमा नभई नेपाल सरकारको सहसचिवको हैसियतमा बाटो उद्घाटन गरेको जानकारी दिएका छन् । गत वैशाख १३ गतेदेखि निमित्तको जिम्मा वरिष्ठ अधिकृत ओमराज पौडेललाई दिएको स्वयं निवर्तमान कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए । उनले भने– ‘म १३ गतेदेखि पोखराको कार्यकारीमा छैन, मैले सबै जिम्मा वरिष्ठ अधिकृत ओमराजलाई बुझाएको छु ।’

नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको बाटो शिलन्यास गर्न सरुवा भएर गईसकेका कार्यकारीलाई पुनः नगरपालिकाकै कार्यकारीको रुपमा आयोजकले बोलाउँदा झलकरामले त्यसलाई सहज रुपमा स्वीकार गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर झलकरामले आयोजकले सरकारको सहसचिव भनेर बोलाएका थिए तर पोखराका पत्रपत्रिकाले कार्यकारी अधिकृत भनेर मेरो बदनाम गरिदिए अधिकारीले भने ।

कहिले प्रमुख अतिथि बनाउन, कहिले नगरपालिकाले लगानी गरेको बाटामो आफ्नो नाममा शिलालेख लेख्न र कहिले सार्वजनिक जग्गा अतिक्रमण र कहिले पोखरा सभागृह जस्तो राष्ट्रिय सम्पत्ति निजी कम्पनीलाई २५ ठेक्कामा दिएर गोप्य असुरली गरेको अरोप लागेका अधिकारीको यो पदीय लोलुपताले मासमा कुछ काला है भन्ने करा प्रमाणित गरको पोखरा उपमहानगरपालिकाका कर्मचारी वृतमा चर्चा चलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप