मध्यरातमा दुईजना होटल मजदुरको हत्या, एक घाइते
भीमदत्तनगर– कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलका दुई मजदुरको मध्यरातमा हत्या भएको छ भने एक अर्का मजदुर गम्भीर घाइते भएका छन् ।
गएराति करिब १२ बजे सङ्गम होटलमै काम गर्दै आएका बाजुराका २० वर्षीय भीम रोकाया र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४५ वर्षीय कृष्ण विष्टको होटल भित्रै हत्या भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण चन्दले जानकारी दिए ।
त्यसैगरी, अर्का होटलमै काम गर्ने दोधारा चादँनी घर भएका ४२ वर्षीय पदमराज जोशी गम्भीर घाइते भएका छन् । घाइतेलाई प्रहरीले राति नै उपचारका लागि कोहलपुर लगेको छ । हत्यामा घरेलु हतियार प्रयोग भएको समेत प्रहरीले जनाएको छ । मृतक रोकाया ६ महिना र मृतक विष्ट एक वर्षदेखि उक्त होटलमा काम गर्दै आएका थिए ।
प्रहरीले घटनाका बारेमा हत्या लगत्तैदेखि विस्तृतमा अनुसन्धान थालेपछि कुन पक्ष वा समूहबाट भएको भन्ने यकिन हुन सकेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनाल र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण चन्दको नेतृत्वको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । केही महिनाको अवधिमा यहाँका विभिन्न स्थानमा गरी चार जनाको हत्या भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण