बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पूर्व अध्यक्ष जोशीको निधन

शुक्रबार, २४ वैशाख २०७३, ०८ : ४०
शुक्रबार, २४ वैशाख २०७३

गोरखा– गोरखा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष भगतबाबु जोशीको निधन भएको छ । काठमाडौँको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत जोशीको गएराति निधन भएको उनका आफन्त महेश श्रेष्ठले बताए । ६१ वर्षीय जोशी गत भदौदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए।

उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने कार्यक्रम रहेको परिवारस्रोतले जनायो । दाहसंस्कारका लागि आफन्तजन तथा उनी आबद्ध संस्थाका प्रतिनिधि काठमाडौँ गएका छन् । जोशीका एक छोरा र दुई छोरी छन् । उनी गोरखा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष, लायन्स क्लब अफ गोरखाका पूर्वअध्यक्ष र गोरखा जेसिजका पूर्वअध्यक्ष समेत रही काम गरिसकेका थिए ।

यस्तै, सदरमुकामको मनकामना बोर्डिङ स्कुलको बहालवाला अध्यक्ष र गोरखा आश्रम सेवा समितिको पनि बहालवाला अध्यक्ष रहेर उनले काम गरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप