बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मानसिक सन्तुलन गुमाएका तीनको उद्धार

शुक्रबार, २४ वैशाख २०७३, ०८ : ४२
शुक्रबार, २४ वैशाख २०७३

चितवन– चितवनको नारायणगढबाट मानसिक सन्तुलन गुमाएका तीनजनाको उद्धार गरिएको छ ।

सन्तुलन गुमाएर सडकपेटीमा आश्रय लिन बाध्य भएका तीनजनालाई बिहीबार उद्धार गरिएको हो । विभिन्न कारणले बेवारिसे भई जीवन बिताइरहेका व्यक्तिलाई सेवा दिनेक्रममा उनीहरुको उद्धार गरी भरतपुरको बाइपास रोडमा रहेको मानव सेवा आश्रममा ल्याइएको जनाइएको छ ।

उद्धार गरिएकामा अन्दाजी २७ वर्षीया एक महिला, ३० वर्षीय पुरुष र ४० वर्षको देखिने तेस्रो लिङ्गी रहेको आश्रमले जनाएको छ जसमध्ये तीनैजनाको मानसिक सन्तुलन गुमेको र नाम खुल्न नसकेको आश्रमकी संयोजक रुपा केसीले जानकारी दिए । पारिवारिक बेमेलजस्ता मुख्य कारणले आज मानिस सडकमा आउने गरेको देखिएको केसीले बताए ।

हेटौँडा, चितवन र काठमाडौँ गरी आजसम्म ४५० भन्दा बढीको सडकका पेटीमा कष्टकर अवस्थामा जीवनयापन गरिरहेको अवस्थाबाट उद्धार गरिएको जनाइएको छ । ८० जनालाई परिवार पत्तालागेपश्चात् परिवारमा पारिवारिक पुनर्मिलन गराइएको जनाइएको छ । आजसम्म भरतपुर–१० बाइपासरोडस्थित आश्रममा विभिन्न उमेर समूहका ४२ जनाले उद्धारपछि सेवा पाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप