बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बीसलाख रुपैयाँको जग्गा स्वास्थ्यचौकीलाई

शुक्रबार, २४ वैशाख २०७३, ०८ : ४४
शुक्रबार, २४ वैशाख २०७३

झापा– गोलधाप स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीय दाताले रु २० लाख मूल्य पर्ने २ कट्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।

गोलधाप–२ निवासी दिलकेशर थापा र रुक्मिणा सङ्ग्रौलाले एक–एक कट्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन् । सो जग्गा बिहीबार रजिस्ट्रेसन पास पनि गरिएको छ ।

यसअघि पनि सोही ठाउँका स्थानीयवासीले रु ५० लाख मूल्य पर्ने पाँच कट्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । गोलधाप–२ निवासी यज्ञराज पकुवाल, रमेश पकुवाल, जीवन पकुवाल, धर्मराज शिवाकोटी र होमराज शिवाकोटीले एक–एक कट्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

उनीहरु पाँचै जनाले प्रतिकट्ठा रु १० लाख पर्ने जग्गा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको स्वास्थ्यचौकीका इञ्चार्ज सिनियर अहेव किरणकुमार खरेलले जानकारी दिए । गत फागुन २० गते बसेको बैठकमा स्वास्थ्यचौकीलाई जग्गा दिने निर्णय भएको थियो । सोही निर्णयअनुसार स्वास्थ्य संस्थालाई जग्गा प्रदान गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप