‘प्रथम राष्ट्रिय पत्रकारिता दिवस’ प्रभातफेरी
काठमाडौं–गोरखापत्र स्थापनाको अवसर पारेर नेपाल सरकारले ‘प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३’को प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । बानेश्वरबाट सुरु भएको उक्त प्रभातफेरी माइतीघर मण्डलामा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै उद्योग तथा कार्यवहाक सञ्चारमन्त्री सोम प्रसाद पाण्डेले ११५ वर्ष पछाडी आजकै दिन गोरखापत्रको स्थापना भएको दिनको सम्झनामा यस प्रथम राष्ट्रिय पत्रकारिता दिवसको नेपाल सरकारले घोषणा गरेको बताए ।
उनले हिजोका दिनमा पत्रकारहरुले पक्ष र विपक्षमा रहेर कलम चलाए । अब संविधासभाबाट संविधान बनेसँगै राजनीतिक क्रान्ती समाप्त भएको, अब देशलाई आर्थिक समृद्वितिर अगाडि बढाउनुपर्ने हुँदा संविधान कार्यान्वयन र आर्थिक समृद्विको पक्षमा कलम चलाउन आग्रह गरे ।
र, हिजैमात्र सरकारले घोषणा गरेको पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सबै मिडिया हाउसहरुको सहयोग आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले सरकारले घोषणा गरेको पत्रकारको न्यूनतम पारिश्रमिकलाई जसरी पनि कार्यान्वयन गरेर छाड्ने बताए ।
यसमा सबै पक्षलाई सहयोग गर्न समेत उनले आग्रह गरे । सरकारले प्रथम राष्ट्रिय पत्रकारिता दिवस औपचारिकताको लागि मात्र मनाउने छैन, आगामी बजेटपछि विशेष कार्यक्रमसहित यो दिवस मनाइने उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष अनिता बिन्दुले धेरै पहिलादेखि महासंघले उठाउँदै आएको विषयलाई सरकारले पूरा गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै यो कार्यान्यवनमा चुनौती रहेको औंल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण