युवाहरुको समुहद्वारा ६६ वर्षीय दमाईको कुटीकुटी हत्या
शुक्रबार, २४ वैशाख २०७३, १२ : ११
दाङ– दाङमा कुटपिटबाट एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । लक्ष्मीपुर–२ निवासी ६६ वर्षीय ईश्वर दमाईको स्थानीय युवाको कुटपिटबाट मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक कृष्ण शर्माका अनुसार दमाईलाई बिहान ५ बजेतिर स्थानीय युवाले कुटपिट गरेर सख्त घाइते बनाएको र उनको उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएको हो ।
प्रहरीले कुटपिटमा संलग्न तीन युवालाई पक्राउ गरेको छ । गएराति तास खेल्ने क्रममा सामान्य विवाद भएपछि दमाईका छोरा घर आएको र ती युवाहरुले छोराको रिस उनका बुबा ईश्वरी दमाईमाथि पोखेको प्रहरीले बताएको छ ।
छोरालाई कुट्न भनी दमाईको घर पुगेका युवालाई सम्झाउन खोजेपछि ईश्वरी दमाईमाथि कुटपिट भएको प्रहरीले बताएको छ । युवाको कुटपिटबाट सख्त घाइते दमाईको आज बिहान ७ः३० बजेतिर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण