बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बाँझोका ४५३ जनालाई नागरिकता

शुक्रबार, २४ वैशाख २०७३, १२ : १३
शुक्रबार, २४ वैशाख २०७३

इलाम– इलामको पश्चिमी बाँझो गाविसमा दुई दिनसम्म सञ्चालित घुम्ती शिविरमा ४५३ जनालाई नागरिकता वितरण गरिएको छ ।

नागरिकलाई घरदैलोमै सरकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्लाको दुर्गम क्षेत्र बाँझोको चिसोपानीमा सञ्चालन गरिएको घुम्ती शिविरमा नागरिकता, मतदाता परिचयपत्र, अपाङ्गता परिचयपत्र वितरण गरिनुका साथै जिल्लास्थित विषयगत कार्यालयबाट प्राप्त हुने सबै सेवा एकै ठाउँबाट वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रामप्रसाद उप्रेतीले जानकारी दिए । बाँझोका बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा जिल्ला निर्वाचन कार्यालयबाट गएको मतदाता परिचय पत्र वितरण टोलीले ५३० जनालाई मतदाता परिचयपत्र, ३० जनालाई महिला बालबालिका कार्यालयले अपाङ्गता परिचयपत्र, जिल्ला स्वास्थ्य कार्यालयले ३०० जनाको स्वास्थ्य परीक्षण गरेको जनाइएको छ ।

शिविरमा कृषि, पशुसेवा, टेलिकम, मालपोत, नापी, नेपाल विद्युत प्राधिकरणलगायत सरकारी कार्यालयबाट विभिन्न सेवा प्रदान गरिएको उहाँले जानकारी दिए । कृषि विकास कार्यालयबाट गएको टोलीले चार दर्जनभन्दा बढी किसानको माटोको परीक्षण गरेको थियो भने पशुसेवा कार्यालयबाट गएको टोलीले १०० भन्दा बढी पशुको गोबर परीक्षण गरेको जनाएको छ ।

विगतमा सञ्चालन गरिएको शिविर भन्दा पृथक ढङ्गले आयोजना गरिएको शिविरमा सरकारी कार्यालयका प्रमुखसँग स्थानीय बासिन्दाको अन्तरक्रिया समेत आयोजना गरिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप