बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नेपालका लिड तथा ब्याट्री उद्योगको अरबौं लागानी खतरामा

शुक्रबार, २४ वैशाख २०७३, १३ : २८
शुक्रबार, २४ वैशाख २०७३

बर्दिबास–नेपालको सीमा क्षेत्रमा रहेको भन्सार कार्यालयको मिलोमतोमा तस्करहरुले करोडौं रुपैयाको राजस्व छलेर कवाडी ब्याट्री भारत निकासी गर्न थालेपछि नेपालको नेपालमा सञ्चालित ब्याट्री उद्योगहरुको लगानी खतरमा पर्ने संकेत आएको छ । कवाडी ब्याट्रीहरु तस्करहरुले तस्करी गर्दै सीमा कटाएपछि नेपालका उद्योगहरुले कच्चा पदार्थ पहिलेभन्दा कम पाउन थालेपछि नेपालको उद्योगहरु संकटमा परेको उद्योगिहरुले बताएका छन् ।

मुलुकमा बढ्दो लोडसेडिङका कारण शहरी क्षेत्रका घर, व्यवसायिक संस्था, सवारी साधन, उद्योगधन्दामा ब्याट्रीको प्रयोग बढ्दो छ । ती ब्याट्री बिग्रीएपछि कवाडीको रुपमा बिक्री हुने गरेको छ । ब्याट्री भित्रको हुने लिड प्रयोगमा ल्याउन मिल्ने भएकोले गैरकानुनी रुपमा तस्करहरुले सीमा क्षेत्रका राजस्व कार्यालयको बिशेष मिलेमतोमा भारत निकासी गर्ने गरेको छ । जसले गर्दा लिड र ब्याट्री उत्पादन गर्न नेपालमा अर्बौ लगानी गरि स्थापना गरिएको ब्याट्री उद्योग धारासायी हुने अवस्थामा आएको जगदम्बा ब्याट्री उद्योग गौर रौत्तहटका सोनु अग्रवालले बताए । नेपालमा लिड र ब्याट्री उत्पादन गर्ने आधा दर्जन उद्योग संचालन हुदैं आएको छ । जगदम्बा ब्याट्री उद्योग गौर रोत्तहट, आर.सी. ब्याट्री उद्योग बर्दिबास महोत्तरी, जगदम्बा इनर्जी उद्योग काठमाडौं लगायत अन्य उद्योगहरु संचानमा छन् । कच्चा पर्दाथको अभावले गर्दा यि उद्योगहरुको लगानी जोखिममा पर्ने खतरा दिन प्रतिदिन बढ्दै गइरहेको छ । यहाँबाट हुन्छ कवाडी ब्याट्रीको तस्करी भारतसंग सीमा जोडिएका नेपालगंज, काकरभिट्टा, नवलपरासीको ठुटीबारी, बाराको सिम्रौनगढ, रौत्तहटको गौर, सर्लाहीको मंलगवा, महोत्तरीको भिट्टामोड, कपिलबस्तुको कृष्णनगर, खुनुवा लागायत स्थानबाट भारतको पश्चिम बंगाल, बिहार, उत्तरप्रदेश जस्ता स्थानहरुको नेपालमा बिग्रीएको कवाडी ब्याट्री जाने गरेको उद्योगिहरुकोले जनाएका छन् । जुन कवाडी ब्याट्रीपनि कमतीका एक सय रुपैंया प्रति किलो बिक्री हुने गरेको छ । नेपालका उद्योगीहरुले भ्याट तिरेर ११३ रुपैंयामा बजारबाट कवाडी ब्याट्री खरिद गर्ने गरेका छन् । तर तस्करहरुले सीमा नाकामा पु¥याएर विना भ्याट ११३ रुपैंयामा बिक्री गरेर सरकारको १३ रुपैंया प्रतिकिलोमै राजस्व छली गर्दै आएका छन् । एकातिर सरकारको दिनको लाखौं रुपैंयका राजस्व गुम्ने गरेको छ भने अर्को तिर नेपालका स्थापना गरिएको उद्योग कच्चा पदार्थ नपाएरु धरासाही बन्ने अवस्थामा आएको आर.सी ब्याट्री उद्योग बर्दिबास महोत्तरीका संचालक रमेश भण्डारीले बताए । दैनिक १ हजार टन ब्याट्री कवाडीको रुपमा बजारका आइरहेको छ । अधिकांश कवाडी ब्याट्रीहरु नेपालको सीमा क्षेत्रबाट भारत तिर निकासी हुदाँ मासिक झन्डै एक करोड रुपैंया भ्याट मात्रै छली भएको कवाडी ब्यवसायि संघले जनाएको छ ।

नेपालगंजबाट अधिक मात्रामा कवाडी ब्याट्री तस्करी नेपालगंजबाट अधिक मात्रामा कवाडी ब्याट्री तस्करी भएर भारत जाने गरेको छ । नेपालगंज स्थित भन्सार कार्यालयको मिलोमतोका तस्करहरुले खुल्लेआम ब्याट्री तस्करी गर्दै भारत पाठाउँदै आएका छन् । तर नेपालगंज स्थित भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमालले कवाडी ब्याट्री तस्करी नहुने गरेको दावी गरेका छन् । उनले भने,‘सूचना दिनुस् हामी तस्करलाई समातछौं ।’ तर, यहि ठाउँमा बितेको एक महिना अगाडी एक ट्रक कवाडी ब्याट्री तस्करी गरेर लाग्दै गर्दा प्रहरीले प्रकाउ गरेको नेपालगंज अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएपी धिरु बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप