बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

हलो क्रान्ति भएको लमजुङमा फेरि अर्को क्रान्ति, बन्यो दलित होमस्टे

शुक्रबार, २४ वैशाख २०७३, १३ : ३९
शुक्रबार, २४ वैशाख २०७३

लमजुङ– विसं २००६ मा ब्राह्मणका छोराले पनि हलो जोत्नुहुन्छ भनेर हलो क्रान्ति भएको लमजुङमा फेरि अर्को सामाजिक क्रान्ति भएको छ ।

जातीय छुवाछूत अन्त्यका लागि कैयौँपटक सहभोज गर्दासमेत जातीय छुवाछूतको भावना हट्न नसकेको भन्दै छुवाछूत अन्त्य भएको सन्देश दिन दलित बस्तीमा होमस्टे पर्यटन लागू गरिएको छ ।

सार्क भिलेजका रुपमा परिचय बनाएको सार्क राष्ट्रकै नमुना गाउँ घलेगाउँको दलित बस्तीमा होमस्टे लागू भएपछि जातीय छुवाछूत अन्त्यका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

दलित होमस्टेको एक कार्यक्रमबीच सांसद जमिन्द्रमान घलेले उद्घाटन गर्दै सांसद नयाँ संविधानले जातीय छुवाछूत तथा विभेदलाई अपराध मानेकाले राज्यको दृष्टिमा सबै नागरिक बराबर भएको बताए । उनले गाउँगाउँबाट छुवाछूतविरुद्ध लाग्न आग्रह गर्दै घलेगाउँले छुवाछूत अन्त्य गर्न दलित बस्तीमा समेत होमस्टे निर्माण गरेर प्रशंसनीय काम गरेकामा बधाईसमेत दिए । पच्चिस घरधुरी दलित बस्ती रहेको घलेगाउँमा पहिलो चरणमा स्थानीयवासी छविलाल विक र उमलबहादुर विकको घरमा घरवास कार्यक्रम लागू गरिएको छ ।

पर्यटकको चापअनुसार थप घरमा विस्तार गर्ने तयारी गरिएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप