बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

साङ्गितिक क्षेत्रमा छुट्टै पहिचान बनाउँदै गायक प्रसाईं

शुक्रबार, २४ वैशाख २०७३, १४ : ००
शुक्रबार, २४ वैशाख २०७३

काठमाडौं–गायक सुराच प्रसाईं आफ्नो पहिलो गिती एल्बम ‘जिन्दगी’को सफलतालाई लिएर यतिखेर निकै उत्साहित छन् । एल्बमको शीर्ष गीत ‘नाइनलको सारी’ सार्वजनिक भएको एक महिना नबित्दै सोचेभन्दा राम्रो सफलता पाएपछि गायक प्रसाईं निकै उत्साहित बनेका हुन् ।

यसबीचमा देशका विभिन्न ठाउँमा भएका साङ्गितिक कार्यक्रमहरुमा प्रस्तुतिसमेत दिएका प्रसाईं श्रोता तथा दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको बताउँछन् ।

पूरानो शैलीको लोकधुनलाई नयाँ शैलीको कम्पोजिसन र संगीत संयोजनले गीतमा बैग्लै किसिमको मौलिकता थपेको छ । आफ्नै कला संस्कृति, रहनसहन, रिति रिवाज एवम् जीवनशैली झल्कने गीत-संगीतलाई नौलो किसिमका प्रस्तुति दिन रुचाउने गायक प्रसाई भने आफूलाई भर्सटाइल भन्न रुचाउँछन् ।

राजधानीको भृकुटी मण्डपमा रहेको फनपार्कमा छायाङ्कन गरिएको भिडियो विभिन्न टेलिभिजन च्यानलहरुबाट प्रशारण भइरहेको छ । सो म्युजिक भिडियोको निर्देशन भिभोर पोखरेलले गरेका हुन् भने यस गीतमा लय सङ्कलन सञ्चारकर्मी रोशन लामाको छ ।

उनको यस जीन्दगी एल्बममा समावेश ४ वटा गीतमा ३ गीत निकै भिन्न शैलीका छन । नाइनलको सारी र जोर मादल लोक फ्यूजन शैलीका छन् भने एउटा राष्ट्रिय भावना समेटिएको बन्द नेपाल तथा युवा पुस्तामा लोकप्रिय आरएनबी शैलीको गीत समावेश छ ।

‘कमर्सियल, राष्ट्रिय भावना र आरएनबी गीतहरु समावेश गरेको छु,’ एल्बममा समावेश गीतको विशेषताबारे उनी भन्छन्, ‘फरक-फरक धारका गीतहरु भएपनि आफूले राम्रो मिहेनत गरेकाले दर्शक तथा श्रोताहरुको मन जित्नेमा ढुक्क छु ।’

भिन्न शैलीका लोकधुन गरिरहे पनि गायक प्रसाईं मेलोडी गीतहरु गुनगुनाउन बढी रुचाउँछन् । यद्यपी अहिलेको ट्रेण्ड, बजारको माग र दर्शक श्रोताहरुको रुचीलाईसमेत आफूले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

इञ्जिनियर बन्ने सपना बोकेर झापाबाट १० वर्षअघि काठमाडौं छिरेका उनी विपनामा सञ्चारकर्मी हुँदै गायनसम्म आइपुगेका छन् । उनका गीतहरुमा शब्द-संगीत आफ्नै छ । यसअघि पनि आर्धा दर्जन एल्बमका करिब एक दर्जन बढी गीतमा उनको शब्द तथा संगीत छ ।

गत वैशाखअघि नै डेब्यु एल्बम रेजो बजारमा ल्याउने तयारी गरेपनि बिनाशकारी भूकम्पपछि उनले आफ्नो योजनालाई पर सारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप