बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

५७ जना आमा सम्मान

शुक्रबार, २४ वैशाख २०७३, १७ : २२
शुक्रबार, २४ वैशाख २०७३
इटहरी – नौं महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । आजको दिन छोरा छोरीले आमाहरुलाई मिठाई, फलफुल तथा कपडाहरु उपहारमा दिने गरिन्छ । आमाको महत्वलाई सम्मान जति गरे पनि त्यो आजको दिनमा कमिनै हुन्छ । तर पछिल्लो समय बिभिन्न संघसंस्थाले पनि आमाहरुको सम्मानमा कार्यक्रम आयोजना गरि आजको दिनलाई थप सार्थक बनाउने गरेका छन । इटरहरीको किसान कल्याण बचत तथा रिण सहकारी संस्थाले आजको दिनलाई सबै आमाहरुको दिन सम्झेर प्रत्येक बर्ष माता सम्मान कार्यक्रम आयोजना गर्ने गरेको छ । सहकारी संस्थाले आज पनि एक कार्यक्रमको आयोजना गरी ५७ जना माताहरुलाई सम्मान गरेको छ । सहकारी संस्थाले बार्षिक कार्यक्रम अन्तर्गत सेयर सदस्य हुनेहरुको माताहरु मध्ये ७० बर्ष माथिका आमाहरुलाई सम्मान गरेको हो । जिल्ला सहकारी संघका सदस्य गंगा प्रसाद दाहालको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा ९७ बर्ष उमेर सम्मका आमाहरुलाई सम्मान गरिएको थियो । आमाहरुलाई दोसल्ला ओठाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । साथै सम्मानित हुने आमाहरुलाई भोजन समेत गराईएको थियो । किसान कल्याण बचत तथा रिण सहकारी संस्थाका कार्यावहाक अध्यक्ष शालिकराम दकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गंगा प्रसाद दाहाल सयुक्तले आमाहरुलाई सम्मान गर्नुभएको थियो । सहकारी संस्थाले स्थापनाकाल देखी आजको दिन माताहरुलाई सम्मान सहित भोजन गराउने कार्यक्रमलाई निरन्तर्ता दिएको संस्थाका अध्यक्ष शालिकराम दकालले जानकारी दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप