बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कर्मचारीले सूचना लुकाए आयोगमा उजुरी गर्नुस्ः तिमल्सिना

शुक्रबार, २४ वैशाख २०७३, १७ : २८
शुक्रबार, २४ वैशाख २०७३

ललितपुर– राष्ट्रिय सुचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले जनताको सुचना पाउने हकलाई कुष्ठित नगर्न र सरकारी सुचना सञ्चारकर्मीको माध्यमबाट जनतालाई दिन कर्मचारीलाई आग्रह गरेकी छन् ।

पहिलो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा ललितपुर जिविसमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै तिमल्सीनाले यस्तो आग्रह गरेकी हुन् । ‘यदि कुनै कर्मचारीले सुचना लुकाएर नदिएको पाईए सुचना आयोगमा आएर उजुरी दिन पत्रकार साथिहरुलाई आग्रह गर्दछु’ तिमल्सिनाले भनिन्, ‘कार्यालय प्रमुख या कर्मचारीले सुचना दिन आलटाल गरेमा सोझै सुचना आयोगको कार्यालयमा आएर उजुरी गर्नुस्, त्यस्ता कर्मचारीलाई कारवाही गर्न सिफारिश गर्छौं ।’

प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रिय पत्रकारिता दिवस समारोह समिती, तथा जिल्लाका विभीन्न सरकारी कार्यालयका प्रमुखहरुको बिचमा शुक्रवार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाको पत्रकारिता क्षेत्रमा क्रियाशिल सवैको उपस्थिती थियो ।

कार्यक्रमलाई संवोधन गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा राष्ट्रिय पत्रकारीता दिवस समारोह समितीका अध्यक्ष ऋषिराम शर्माले जनताको सुचना पाउने हकको ख्याल गर्दै सुचना उपलब्ध गराउन आफु मातहतका कर्मचारीलाई निर्देशन दिँदै पत्रकारलाई पनि त्यस्ता सुचना सामाजिक हित अनुकुल समाचार प्रवाह गर्न अनुरोध गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष लेखनाथ  न्यौपानेसहितका पदाधिकारी, पत्रकारीता सम्वद्ध संस्थाहरुका प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप