बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : प्रचण्ड

शुक्रबार, २४ वैशाख २०७३, १९ : १६
शुक्रबार, २४ वैशाख २०७३

भक्तपुर–एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने बताएका छन् ।

एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा उनले देशको समस्या समाधानका लागि सबै मिली राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए । नेता दाहालले भने, “पुँजीवाद, दलाल, सामन्तवादको अन्त्य गर्नुपर्ने अहिलेको स्थिति हो । हामीले सिर्जना गर्ने साहित्य पनि राष्ट्रिय एकता र समाजवादको पक्षमा हुनुपर्छ ।”

राष्ट्रिय एकता कायम गर्न, भूकम्पपछिको पुर्ननिर्माण गर्न तथा तराई मधेसमा भएको आन्दोलनलाई समाधान दिन र देशमा शान्ति कायम गर्न दलबीचको एकता अपरिहार्य भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप