नलसिंह गाडको डीपीआरका लागि सम्झौता
जाजरकोट – नलसिंह गाड जलविद्युत आयोजनाको डिपिआर निर्माणका लागि शुक्रबार ९४ दशमलव ०८ करोडमा सम्झौता भएको छ । जिल्लामा रहेको राष्ट्रिय गौरवको आयोजना नलसिंह गाड जलविद्युत आयोजनाको डिपिआर निर्माणका लागि आयोजना विकास समिति र परामर्शदाता कम्पनी विचमा सम्झौता भएको हो ।
नलसिंहगाड जलविद्युत आयोजनाको डिपिआर निर्माणका लागि विकास समितिसँग शुक्रबार नै अष्ट्रेलियाको स्मेक, अमेरीकाको एमडब्लूएच र नेपालको उदय कन्ट्रक्सन प्रालि जेभी परामर्शदाता कम्पनीले ९४ दशमलव ०८ करोडमा सम्झौता गरेको विकास समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरले जानकारी दिए । परामर्शदाता कम्पनीले सम्झौता गरेको मितिले ३० महिनाभित्रै आयोजनाको डिपिआर निर्माण कार्य सम्पन्न गरिसक्ने निर्देशक कुँवरको भनाई छ । गुण र लागत दुवै हिसावले उपयुक्त देखिएर छनौट भएको परामर्शदाता कम्पनीसँग डिपिआर निर्माणको सम्झौता गरिएकोले निर्धारित समय सिमाभित्रै काम सम्पन्न हुनेमा आफू विस्वस्त भएको निर्देशक कुँवरको भनाई छ ।
परामर्शदाता कम्पनीले निर्माण गर्ने डिपिआरभित्र आयोजना निर्माण गर्नको लागि आर्थिक तथा प्राविधिक डिजाईन स्टमेट निर्माण हुने आयोजनाले बताएको छ । डिपिआर निर्माणपछि आयोजनाको निर्माण कार्य सम्पन्न गर्नको लागि फाइनाइन्समा जान, आयोजनालाई वातावरणियमैत्री बनाउन सजिलो हुने, स्थानीय स्तरमा थुप्रै प्रकारका रोजगारीहरु सिर्जना गर्न सकिने बताइएको छ । ३० महिनाभित्रै डिपिआर निर्माण भईसक्ने ४ सय १० मेगावाट क्षमता भएको जलशसययुक्त नलसिंहगाड जलविद्युत आयोजनाको निर्माण कार्य आगामी ७ वर्षभित्रै सम्पन्न भई देशको उर्जा संकटलाई समाधान गर्ने कार्यकारी निर्देशक कुँवरको दावी छ ।
विकास समितिले गेजिङ्ग स्टेसन स्थापना गरी हाईड्रो मेट्रो लोकल प्रविधीको जडान गरेर नलसिंह गाडको दैनिक हावा, पानीको वाहाव तथा मौसम र जलवायू परिवर्तनको अवस्थालाई काठमाडौंबाटै अध्ययन गरिरहेको वताईएको छ । समितिले दैनिक वातावरणिय परिक्षणका लागी स्तरिय ईमेन्टको प्रयोग गरिरहेको जनाएको छ । लगतै अन्य उपकरणहरु जडान गरेर भुगर्व मापन तथा भूकम्पको दैनिक अध्ययन गरिने बताइएको छ ।
आयोजना निर्माण प्रयोजनका लागि आवश्यक पर्ने विद्युत आपूर्ति गर्न अर्को ३.५मेगावाट क्षमताको साना जलविद्युत आयोजना निर्माणको लागी रग्दा गाविसको ताँसुगाडको विस्तृत अध्ययन कार्य भईसकेकोले त्यसको निर्माण कार्यलाई तत्काल अगाडी वढाईने विकास समितिले जनाएको छ । आयोजनाको पावर हाउसदेखि ड्यामस्थल (कालीमाटीदेखि लैखम) सम्म १०.८ किलोमिटर पहुँच मार्ग निर्माणको लागि निर्माण कम्पनीसंग सम्झौता गरी निर्माण कार्य अगाडी वढीरहेको छ भने, आयोजना कार्यालय प्रयोजनका लागि दल्लीमा दुईवटा भवन निर्माणको लागि निर्माण कम्पनीसँग सम्झौता भई निर्माण कार्य अगाडी वढी रहेको आयोजनाले बताएको छ । त्यसैगरी आयोजनाले ५ किलो मिटर दल्ली देखी सर्ज ट्याङक सम्मको पहुँच सड्कको ट्रयाक खोली सकेको छ भने, ५ सय ३१ रोपनी जग्गा अधिकरण गरी सकेको छ ।
आयोजना निर्माणका लागि ६४ अर्व १५ करोड कुल लागत लाग्ने अनुमान गरिएको छ । आयोजनावाट ५ सय ८८ घर परिवार संख्या प्रभावित हुने जनाइएको छ भने, करिव ३ सय १४ हेक्टर कृषियोग्य जमिन र २ सय ९० हेक्टर वनजन्य जमिनको क्षति हुने बताएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण