बजेटबाट लोकप्रिय बन्ने एमाले रणनीति, कस्तो आउँदै छ बजेट ?
काठमाडौं– नेकपा एमालेले आफ्नै नेतृत्वमा लोकप्रिय कार्यक्रमसहितको बजेट ल्याउने तयारी गरेको छ । एमाओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णयगरेसँगै संकटमा परेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ९ बुँदे सहमतिपछि ढल्नबाट जोगिएको थियो । बिहिबार राती एमाओवादीसँग बजेट एमाले नेतृत्वको सरकारले नै ल्याउने सहमति भएसँगै एमाले लोकप्रिय कार्यक्रमसहितको बजेट ल्याउने तयारीमा जुटेको स्रोतका भनाई छ ।
०५१ सालको मध्यावधिक निर्वाचनपछि ठूलो पार्टीको हैसियतामा मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्दा एमालेले निकै लोकप्रिय बजेट ल्याएको थियो । अधिकारी नेतृत्वको ९ महिने सरकारले ल्याएको लोकप्रिय तथा वितरणमुखि बजेटको अहिले पनि चर्चा भइरहेको अवस्थामा एमालेले फेरि त्यस्तै लोकप्रिय र वितरणमुखि बजेट ल्याउन लागेको स्रोतका भनाई छ । जेठ १५ गतेभित्रै पूर्ण बजेट ल्याउने गरी जुटेको अर्थमन्त्रालय नाकाबन्दी र मधेस आन्दोलनले थलिएको अर्थतन्त्रलाई समेत गति दिने गरि बजेट बनाउन लागिपरेको बताउँछ । सरकारको नेतृत्व र अर्थमन्त्रालय एमालेकै नेतृत्वमा रहेकाले स्वाभाविक रुपमा आर्थिक वर्ष २०७३ को बजेट एमालेकै योजनामा आधारित हुने जानकारहरु बताउँछन् । यसैप्रति संकेत गर्दै एमाले महासचिव इश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेट जनमुखि बनाउन एक सार्वजनिक कार्यक्रममा बताएका छन् । उनले बजेट मधेस आन्दोलन र नाकाबन्दीले लथालिंग भएको अर्थतन्त्रलाई सम्बोधन गर्नुका साथै जनतालाई प्रत्यक्ष जोड्नसक्ने खालको हुनुपर्नेमा पखनि जोड दिएका छन् ।
बजेटमा ओली सरकारको प्राथमिकता संसदबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यसअघि नै पारित भइसकेको छ । संसदबाट पारित नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको सरकारको प्राथमिकता संविधानको कार्यान्वयन पुननिर्माण, उर्जा क्षेत्रको विकास, रोजगारी सिर्जना, उद्यमशीलतामा तथा उत्पादनमा आधारित आत्मनिर्भरमूखी अर्थतन्त्रको निर्माण, उच्चतम आर्थिक वृद्धिदरलगायत भएको उल्लेख छ । र, सोहि अनुसार बजेट ल्याइने बताइएको छ । यसबाहेक सरकारले सरकारी कर्मचारीहरूको तलब बढाउने, स्वदेशी पुँजीमै ठूला आयोजनाहरूको निर्माणको घोषणा गर्ने , बेरोजगार युवाहरूको लागि विषेश व्यवस्था गर्नेलगायतका जनमुखी कार्यक्रमहरु ल्याउन लागेको अधिकारीहरुको भनाई छ । सरकारले आगामी आर्थिक वर्ष ०७३÷७४ को नीति तथा कार्यक्रम आइतबार संसदमा प्रस्तुत गर्न लागेको छ । नेपालको संविधानमा भएको व्यवस्था अनुसार सो नीति तथा कार्यक्रम राष्ट्रपति विद्या भण्डारीले अपरान्ह प्रस्तुत गर्ने कार्यक्रम छ । बजेट बढ्ने ओली सरकारले बजेट आकार समेत बढाउने भएको छ । विभिन्न मन्त्रालय तथा निकायहरुबाट तोकिएको सिलिङ भन्दा निकै बढी बजेटको माग भएपनि सरकारले लोकप्रिय कार्यक्रमलाई समेत हालेर बजेटको आकार ठूलो बनाउन लागेको हो । गत आर्थिक वर्षमा कांग्रेस नेतृत्वको सरकारले आठ खर्ब १९ अर्ब ४६ करोड ७७ लाख ६४ हजारको बजेट ल्याएको थियो । तर सो वर्ष बजेट १० खर्ब हाराहारीको आउने सक्ने जानकारहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण