बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सोनाक्षी प्रकरणमा दीपकराज गिरी भन्छन्– सेनाले दाउद इब्राहिमलाई स्वागत गरेको होइन

मङ्गलबार, ०४ जेठ २०७३, १८ : २६
मङ्गलबार, ०४ जेठ २०७३

काठमाडौं– कलाकार दीपकराज गिरीले बलिउड नायिका सोनाक्षी सिन्हालाई त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा सेनाको जर्नेलले स्वागत गरेको विषयलाई लिएर भएको टिकाटिप्पणीबारे सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएका छन् । उनले सोनाक्षीलाई एउटा सेनाको जर्नैलले स्वागत गरेकै आधारमा अनावश्यक ‘वितण्डा’ मच्चाइएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले सेनाले दाउद इब्राहिमलाई नभई एक प्रतिष्ठित कलाकारलाई स्वागत गरको भन्दै भनेका छन्, ‘ सेनाले पोशाक लगाएर दाउद इब्राहिमलार्इ स्वागत गरेको होइन, आफ्नै नजिकको एउटा संस्थाले देशको बिपतमा सहयोग गर्न निम्त्याएको पाहुना कलाकारलार्इ स्वागत गरेको हो , त्यो सम्मान सोनाक्षिलार्इ होइन कला , साहित्यका पारखीलाइ गरिएको हो, एउटा पाहुना लार्इ गरिएको सम्मान हो र पाहुनालाइ भगवान मान्ने हाम्रो पूरानो संस्कार छ। ।’ उनले अगाडि भनेका छन्, ‘सोनाक्षीलाइ ल्याउदा ३१ तोपको सलामी दिएर जरसाबले स्यालुट ठोकेका छैनन्, सामान्य तबरले स्वागत मात्र गरेका हुन् ।’ यद्यपी उनले यसप्रति सेना भबिष्यमा अलि सजक हुन चाहि जरुरी रहेको औंल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप