१.९७ प्रतिशत अपाङ्गता भएका विद्यार्थी
काठमाडौं - उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले अपाङ्गताका क्षेत्रमा रहेका समस्याको समाधानका लागि राजनीतिक पार्टीले गम्भीरतापूर्वक लिई उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
सुस्तश्रवणका अधिकारका क्षेत्रमा कार्यरत श्रुति संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री मैनालीले अपाङ्गताका क्षेत्रमा कार्यरत मन्त्रालय तथा विभिन्न सङ्घ संस्थाबीच समन्वय आवश्यक रहेको बताउँदै अपाङ्गता भएकाको शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या समाधानका लागि सबै निकाय सक्रिय हुनुपर्नेमा जोड दिए।
नेपालको शिक्षा प्रणाली सुस्तश्रवण तथा बहिरामैत्री हुनुपर्ने बताउँदै उनले भने—“अपाङ्गता भएकाहरुको क्षेत्रमा विभिन्न काम भएका छन् तर त्यो अपर्याप्त छ । विभिन्न निकायमा दोभाषेको व्यवस्था हुनुपर्ने माग उठिरहेको छ तर दक्ष जनशक्तिको अभावमा त्यो पूरा हुनसकेको छैन ।”
शिक्षा विभागका उपनिर्देशक गणेश पौडेलले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्तिका लागि सरकारले वार्षिक रु ३० करोड छुट्याउने गरेको जानकारी दिँदै हाल १.९७ प्रतिशत अपाङ्गता भएका विद्यार्थी रहेको बताए ।
श्रुतिका अध्यक्ष नीताकेशरी भट्टराईले अन्य अपाङ्गताभन्दा सुस्तश्रवण तथा बहिराको समस्या भिन्न रहेको बताउँदै कूल जनसङ्ख्याको ०.३१ प्रतिशत सुस्तश्रवण तथा बहिराको सङ्ख्या रहेको जानकारी दिए ।
अपाङ्गताका क्षेत्रमा कार्यरत वीरेन्द्रराज पोखरेलले सुस्तश्रवण तथा बहिराहरु समाचारबाट टाढा रहनुपर्ने बाध्यता रहेको बताउँदै सरकारले नेपालमा रहेका विभिन्न सञ्चारमाध्यममध्ये टेलिभिजनमा आउने समाचारलाई ‘क्याप्सनिङ्’ गर्ने व्यवस्था मिलाउन आग्रह गरे । कार्यक्रममा चिकित्सक ईश्वर देवकोटाले ८० डेसिबलभन्दा बढी आवाजमा लामो समय बस्दा कानका लागि हानिकारक हुने भएकाले त्यसबाट बच्न सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
-
उपाधि दाबेदार फ्रान्स कसरी बन्यो स्पेनविरुद्ध यति निरीह ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध
-
उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण