भाइको बञ्चरो प्रहारले दाइ, भाउजू र भतिजा घाइते
बुधबार, ०८ असार २०७३, ११ : ३८
भीमदत्तनगर– घरायसी विवादका कारण मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिकाका एक युवकले आफ्नै सहोदर दाजु, भाउजू र भतिजालाई बञ्चरो प्रहार गरी घाइते बनाएका छन् ।
वेदकोट नगरपालिका–६ का २२ वर्षीय विनोद रानाले घरायसी विवादका कारण २८ वर्षीय दाइ टीकाराम राना, २४ वर्षीय भाउजू जानकी राना र १२ वर्षीय भतिजा सुशान्त रानालाई बञ्चरो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
“पहिलेदेखि नै दाजु भाइको अंशलगायत घरायसी विवाद थियो”, स्थानीय भोज रानाले भने, “हिजो एक्कासि आक्रमण गरेको सुन्यौँ ।”
घाइतेको महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको छ । घाइतेमध्ये जानकी रानाको अवस्था गम्भीर रहेको छ । प्रहरीले आक्रमणमा संलग्न विनोद रानालाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
-
कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने
-
होशियार ! शरीरमा हुने यी ७ परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण