नेपाल घर घरमा आँसुकवि भएको मुलुक : प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गाउँ गाउँ र घर घरमा आँसुकवि भएको मुलुक भएको बताएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९औँ वार्षिकोत्सका अवसरमा आज यहाँ आयोजित राष्ट्रिय कविता महोत्वसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हजारौँ वर्ष पहिले तपोभूमि, शान्तिभूमिका दृष्टिले दुनियाँमा यो धर्ती अगाडि रहेको उल्लेख गरे । उनले नपढेकाले पनि घाँस काट्दा काट्दै दोहोरी र गीत प्रस्तुत गर्न सक्ने नेपालीको सामथ्र्यको प्रशंसा गर्दै अबको कवितामा सामाजिकता, वैज्ञानिकता, मानवीयता र अन्तर्राष्ट्रियतासहित भाव र कला अभिव्यक्त भएर आउने विचार व्यक्त गरे ।
साहित्य क्षेत्रलाई सरकारबाट गर्नुपर्ने सहयोग रहने विश्वास दिलाउँदै उनले भने – “हामीलाई थाहा छ, कविता बारीमा मकै छरेजस्तो प्रतिफल दिने क्षेत्र होइन, यो तुरुन्तै उम्रँदैन । देखिने प्रतिफल नदेखिन पनि सक्छ तर हामीले लगानी गर्नुपर्छ ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कलाकार तथा कर्मचारी सङ्गठनद्वारा सङ्कलित ‘मेरो धरहराः म बनाउँछु’ अभियानका लागि रु ४१ हजार रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा कलाकारहरु सुक्मित गुरुङ, सुरेशराज आचार्य, रमेश अधिकारी, रेखा थापा गुरुङ र कर्मचारी सीता कार्कीलाई दीर्घ सेवा पदक (२५ वर्ष) प्रदान गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व उपकुलपति बैरागी काइँलालगायतले महोत्सवको सफलताको कामना गरेका थिए ।
महोत्सवमा ३३३ कविले आवेदन दिएकामा ४५ लाई प्रतियोगीका रुपमा सहभागी गराइएको र २१ अतिथि कवि रहेको पद्य विभाग प्रमुख डा अमर गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण