लोकमानविरुद्व महाअभियोग लगाउन गोबिन्द केसीको माग, असार २६ देखि आमरण अनसन बस्ने घोषणा
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्व महाअभियोग लगाइनु पर्ने त्रिवि शिक्षण अस्पतलका डाक्टर गोबिन्द केसीले माग गरेका छन् ।
[caption id="attachment_1745" align="alignleft" width="640"] File photo[/caption]आइतबार त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै केसीले भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने कार्की आफैं भ्रष्टाचारमा लिप्त भएको भन्दै तत्काल संसदले उनीविरुद्व महाभियोगको प्रक्रिया अघि बढाउनु पर्ने माग गरे । यस्तै उनले सम्बन्धित आयुक्तहरुमाथि पनि कारबाहीको माग गरेका छन् । आफ्नो र आफन्तको व्यापारिक स्वार्थका लागि लोकमानले काठमाडौं विश्वविद्यालयको मेरिटको भर्ना र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेर भ्रष्टहरुलाई संरक्षण गरेको र अरु जिम्मेवारी पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामा समेत गर्न बाध्य पारेको तथा कार्यक्षेत्र नाघेर प्रवेश परीक्षामा हस्तक्षेप गरेको केसीको आरोप छ ।
यस्तै उनले चिकित्सा शिक्षा ऐनको मस्यौदामा सबै सरकारी मेडिकल शिक्षण संस्थाहरुको आर्थिक भार सरकारले बेहोर्नुपर्ने, सबै प्रदेशमा एउटा सरकारी मेडिकल कलेजको स्थापना गरिनुपर्ने, काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल , डेन्टल र नसिंङमा नयाँ सम्बन्ध नदिनेलगायतका व्यवस्था हुनुपर्ने माग गरेका छन् । यस्तै माथेमा प्रतिवेदनको सुझावविपरित काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् भने विगतमा भएको सम्झौताहरुको अक्षरंश पालना गर्न पनि माग गरेका छन् । उनले आफ्नो माग पूरा नभए आगामी असार २६ गतेदेखि आमरण अनसन बस्ने घोषणा समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
-
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण