चिनियाँ लेखक टोली नेपालमा
काठमाडौं — नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखकहरुको एक प्रतिनिधि मण्डल पाँच दिने औपचारिक भ्रमणका क्रममा शनिवार काठमाडौँ आइपुगेको छ । चिनियाँ लेखक सङ्घ सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक निबन्धकार–समालोचक फङ स्ये मिङको नेतृत्वमा आएको पाँच सदस्यीय भ्रमण दलमा लिन लान, काओ खाइ, काओ वइ र स्यु फङ सम्मिलित छन् । दुई देशबिच साहित्यिक आदान–प्रदान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएका चिनियाँ लेखकहरुको सम्मानमा प्रतिष्ठानले शनिवार साँझ होटल ¥याडिसनमा विशेष रात्रिभोजको आयोजना गरेको थियो । उक्त अवसरमा चिनियाँ पाहुनाहरुको स्वागत गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, ‘बुद्धको देशमा यहाँहरुलाई स्वागत गर्न पाउँदा हामीलाई हर्ष लागेको छ । यस भ्रमणले दुई मित्रराष्ट्रबिच आपसी हितका साथै साहित्यिक एवं सांस्कृतिक सम्बन्ध अझ बलियो र दीर्घकालीन बन्ने हामीले विश्वास लिएका छौँ ।’ प्रतिनिधि मण्डलका प्रमुख फङले न्यानो स्वागतका लागि आभार व्यक्त गर्दै ‘दुई पक्षीय हितका साथै साहित्यिक एवं सांस्कृतिक उन्नतिका लागि आवश्यकीय कार्यहरु सहित नेपाल र चीनको सम्बन्धलाई अझ सुदृढ बनाउन चिनियाँ लेखक सङ्घ लागि पर्ने’ बताए । प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीका अनुसार चिनियाँ लेखकहरुलाई भक्तपुर र काठमाडौँका ऐतिहासिक स्थलहरुका साथै बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गराइने छ । मङ्गल वार प्रतिष्ठानमा आयोजना हुने साहित्यिक कार्यक्रममा सहभागी भई चिनियाँ लेखक टोली बुध वार स्वदेश फिर्ता हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण