महिलाले फेरे गाउँको मुहार
पर्सा– महिलाको कुशल नेतृत्व र कडा श्रमले पर्साको देउरवाना गासिव वडा नं ४ कल्याणपुर गाउँको मुहार नै फेरिएको छ ।
सिँचाइ अभावका कारण दुई वर्ष अगाडिसम्म एक बाली उत्पादन हुन गाह्रो हुने कल्याणपुर गाउँमा महिलाको श्रम र सुझबुझले तीन बाली उत्पादन हुन थालेपछि गाउँको मुहार नै फेरिएको हो ।
जिल्ला विकास समिति पर्साबाट पाएको रु तीन लाख १५ हजारलाई सिँचाइ समस्या समाधान गर्नमै लगानी गरेको नागरिक सचेतना केन्द्र कल्याणपुरकी सदस्य विन्दादेवी चौधरीले जानकारी दिइन् । उनले सचेतना केन्द्रका ३० जना सदस्यले गाउँमा तीन वटा बोरिङ जडान गरी सबै खेतलाई सिञ्चित गर्न थालेपछि हाल तीन बाली उत्पादन गर्न सफल भएको बताइन् ।
बोरिङ जडान गरी गाउँमा रहेको २०० हेक्टरभन्दा बढी खेत सिँचाइ गर्न थालेपछि कल्याणपुरवासीको जीवनस्तरमै सुधार आएको स्थानीय शङ्करप्रसाद चौधरीले जानकारी दिइन् । उनले महिलाको कडा श्रम र सुझबुझले गाउँको सिँचाइ समस्या सामाधान भएपछि स्थानीयवासीको आम्दानी वृद्धि भई जीवनस्तर सुधार आएको बताइन् । आयआर्जनका लागि जिल्ला विकासले दिएको अनुदान रकमले जडान गरिएको बोरिङबाट खेतलाई पानी दिँदा पहिले एक बिगाहाको रु ५०० लिँदै आए पनि हाल प्रतिघन्टा रु ५० लिने गरेको जसबाट समूहलाई यस वर्ष रु ७० हजार आम्दानीसमेत भएको सदस्य चौधरीले जानकारी दिइन् । बोरिङ गरेको वर्ष खर्च र आम्दानीको सही मूल्याङ्कन गर्न नसक्दा अपेक्षित आम्दानी गर्न नसकिए पनि प्रतिघन्टा रु ५० को दरले सिँचाइ शुल्क दिएपछि यस वर्ष रु ७० हजार समूहले आम्दानी गरेको छ ।
सिँचाइ अभावका कारण खेत भएपनि आम्दानी गर्न नसक्दा छोराछोरीलाई पढाउनसमेत समस्या हुँदै आएकामा अहिले बच्चालाई राम्रो शिक्षा दिन सकेको सचेतना केन्द्रकी सदस्य वदली देवीको भनाइ छ ।
सचेतना केन्द्रका ३० जना सदस्यमध्ये अधिकांश दलित रहेको र सो समूहले सञ्चालन गरेको बोरिङबाट गाउँका सबै खेत सिञ्चित भई खुसियाली आएपछि छुवाछूत र जातीय विभेदसमेत अन्त्य हुँदै गएको छ ।
पूर्वाधार विकास कार्यक्रमअन्तर्गत नेपाल सरकारले सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउन सञ्चालन गरेका विभिन्न योजना सदुपयोग गर्न सकिए कल्याणपुरको सफलता तराईभरि नै लागु गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
-
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण