साउनबाट गङ्गालाल दुई सय शय्याको हुने
काठमाडौँ,। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र आगामी साउनबाट २०० शय्याको हुने भएको छ ।
बिरामीको चाप बढ्दै गएपछि १६० शय्या भएको अस्पतालमा ४० शय्या थप गर्न लागिएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिनुभयो । २०५२ सालमा स्थापना गरिएको अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् ।
सरकारले विपन्न, गरिब र मुटु रोगी भई उपचार गर्न नसक्ने अवस्थामा भएका बिरामीका लागि पनि अस्पतालमा सहुलियतको व्यवस्था गरेको छ । केन्द्रमा गरिब बिरामी भनी १५ वर्ष मुनिका बालबालिकाको मुटुको उपचार २०६४÷६५ सालमा ७१३ बिरामीको उपचार गरेको छ ।
त्यसैगरी, २०६५/६६ मा ६२७, २०६६/६७ मा ६४८, २०६७/६८ मा ७७६, २०६८/६९ मा ७२१, २०६९÷७० मा ६६१, २०७०/७१ मा ६४७ र २०७१/७२ सालमा ५५० जना बालबालिकाको मुटुको निःशुल्क उपचार गरेको छ ।
सरकारले १५ वर्षमुनिका कुनै पनि बालबालिका उपचार नपाएर मृत्युको मुखमा जानु नपरोस् भनी २०६३÷०६४ सालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।
यस्तै, सरकारले आर्थिक वर्ष २०६४/६५ मा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मुटु रोग लागेमा निःशल्क उपचार गर्ने व्यवस्था गरेको छ । २०६४/६५ मा ६६ जना, ७५ वर्षभन्दा माथिको ज्येष्ठ नागरिकको उपचार गरेको प्रशासन प्रमुख खड्काले बताP । सरकारले २०६४/६५ देखि २०७१/७२ सम्म एक हजार ८१ जना ज्येष्ठ नागरिकको उपचार गरेको जानकारी खड्काले दिए ।
आव २०६६/६७ बाट मुटुको भल्ब साँघुरिएको बिरामीको उपचार पनि निःशुल्क गर्ने निर्णय सरकारले गरेपछि २०६६/६७ बाट आव २०७१/७२ सम्म दुई हजार ३७२ बिरामीको मुटुको भल्ब साँघुरिएको भल्ब बेलुनद्वारा फुलाउने पिटिएमसी प्रविधिबाट उपचार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण