हाइड्रोपावरको लापरवाही : रोपाई गर्न जाँदा करेन्ट लागेर एकको मृत्यु

ओखलढुंगा – रोपाई गर्न जाने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हर्कपुर–४ बस्ने फरिन्द्र दाहालका २५ बर्षीय छोरा सुमन दाहाल रहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर एउटा गोरु समेत मरेको छ । मृतक सुमनलाई गोरु लिएर खेतमा रोपाई गर्न जाने क्रममा निर्माणाधिन मोलुङखोला हाईड्रो पावरको करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी नायब निरिक्षक टिका बहादुर कार्कीले जानकारी दिए ।
हाईड्रो पावर निमार्णका क्रममा चलाईएको जेनेरेटरको आर्थिङ्ग कुलोमाथि गाडेको र कुलो हुँदै जाने क्रममा दाहाललाई करेन्ट लागेको प्रहरी निरिक्षक कार्कीको भनाई छ । करेन्ट लागेपछि एउटा गोरु भने भाग्न सफल भएको थियो । घटनापछि स्थानियहरुले निमार्ण कम्पनीको लापरबाहीका कारण घटना घटेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । अहिले मृतकको शब प्रहरीकोमा रहेको बताइएको छ ।
मोलुङ्ग हाईड्रो पावर कम्पनी अन्तरगत निर्माण भइरहेको सो हाईड्रो पावर ७ मेगावाट क्षमताको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश : जागिर छोड्ने प्रहरीको संख्या बढ्दो
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘सशस्त्र प्रहरीलाई अर्धसैनिक बलकै रूपमा लैजानुपर्छ’
-
सुशील र अञ्जनाको ‘परिवर्तन’ झापाबाट सुरु
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा