‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा
सारांश
- भियतनाममा हुने 'मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड २०२५' मा नेपालको प्रतिनिधित्व रोहित श्रेष्ठ र प्रशंसा बुढाथोकीले गर्ने।
- प्रतियोगिता जुन १४ मा क्वी नन सहरमा हुनेछ, जसमा प्रशंसा 'मिस' र रोहित 'मिस्टर' विधामा प्रतिस्पर्धा गर्नेछन्।
- प्रतियोगीहरूलाई स्मार्ट गफले पठाएको हो, र उनीहरूको प्रतिभालाई अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यले निखारेका छन्।
काठमाडौँ । भियतनाममा आयोजित ‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड २०२५’मा नेपालको प्रतिनिधित्व रोहित श्रेष्ठ र प्रशंसा बुढाथोकीले गर्ने भएका छन् । बिन दिन प्रान्तको क्वी नन सहरमा आयोजना हुने प्रतियोगीताका लागि उनीहरू शनिबार साँझ भियतनाम उडेका छन् ।
जुन १४ मा आयोजना हुने प्रतियोगितामा प्रशंसाले ‘मिस’ र रोहितले मिस्टर विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रशंसा नृत्य र खेलकुदमा रुचि राख्ने प्रशंसाले भविष्यमा सुपरमोडल बन्ने सपना राखेकी छन् । उनले यसअघि ‘हेरिटेज जेम्स युनिभर्स २०२५’ र ‘मोडल सुपरस्टार २०२४’को उपाधि जितेकी छन् ।
रोहित अभिनय, गायन र खेलकुदमा रुचि राख्छन् । सफल अभिनेता तथा गायक बन्ने लक्ष्य लिएका उनले यसअघि उनले ‘युनाइटेड नेशन्स पेजेन्ट नेपाल २०२५’मा पब्लिक चोइस अवार्ड जितेका थिए ।
उनीहरूलाई प्रतियोगितामा स्मार्ट गफले पठाएको हो । स्मार्ट गफ ‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि नेपालको आधिकारिक फ्रेन्चाइज होल्डर हो । उनीहरूसँग नेपालकी राष्ट्रिय निर्देशक प्रमिला सिलवाल र स्मार्ट गफका कार्यक्रम निर्देशक रमेशजङ्ग शाही पनि कार्यक्रममा सहभागी हुनेछन् । दुबै प्रतियोगीको प्रतिभा निखार्ने काम अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण