‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा

समाचार सारांश
- भियतनाममा हुने 'मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड २०२५' मा नेपालको प्रतिनिधित्व रोहित श्रेष्ठ र प्रशंसा बुढाथोकीले गर्ने।
- प्रतियोगिता जुन १४ मा क्वी नन सहरमा हुनेछ, जसमा प्रशंसा 'मिस' र रोहित 'मिस्टर' विधामा प्रतिस्पर्धा गर्नेछन्।
- प्रतियोगीहरूलाई स्मार्ट गफले पठाएको हो, र उनीहरूको प्रतिभालाई अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यले निखारेका छन्।
काठमाडौँ । भियतनाममा आयोजित ‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड २०२५’मा नेपालको प्रतिनिधित्व रोहित श्रेष्ठ र प्रशंसा बुढाथोकीले गर्ने भएका छन् । बिन दिन प्रान्तको क्वी नन सहरमा आयोजना हुने प्रतियोगीताका लागि उनीहरू शनिबार साँझ भियतनाम उडेका छन् ।
जुन १४ मा आयोजना हुने प्रतियोगितामा प्रशंसाले ‘मिस’ र रोहितले मिस्टर विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रशंसा नृत्य र खेलकुदमा रुचि राख्ने प्रशंसाले भविष्यमा सुपरमोडल बन्ने सपना राखेकी छन् । उनले यसअघि ‘हेरिटेज जेम्स युनिभर्स २०२५’ र ‘मोडल सुपरस्टार २०२४’को उपाधि जितेकी छन् ।
रोहित अभिनय, गायन र खेलकुदमा रुचि राख्छन् । सफल अभिनेता तथा गायक बन्ने लक्ष्य लिएका उनले यसअघि उनले ‘युनाइटेड नेशन्स पेजेन्ट नेपाल २०२५’मा पब्लिक चोइस अवार्ड जितेका थिए ।
उनीहरूलाई प्रतियोगितामा स्मार्ट गफले पठाएको हो । स्मार्ट गफ ‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि नेपालको आधिकारिक फ्रेन्चाइज होल्डर हो । उनीहरूसँग नेपालकी राष्ट्रिय निर्देशक प्रमिला सिलवाल र स्मार्ट गफका कार्यक्रम निर्देशक रमेशजङ्ग शाही पनि कार्यक्रममा सहभागी हुनेछन् । दुबै प्रतियोगीको प्रतिभा निखार्ने काम अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा अटो दुर्घटना, १० महिनाका बालकको मृत्यु
-
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति
-
बेनी–जोमसोम–कोरला सडक खण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने, विकल्पमा यी रुट प्रयोग गर्न सुझाव
-
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको प्रदर्शन