शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रको एक गाउँपालिका थपियोः काँग्रेस–एमाले गठबन्धनलाई हराइन् कुमारीले

शुक्रबार, १६ असार २०७४, १८ : २५
शुक्रबार, १६ असार २०७४

रुकुम– नेकपा माओवादी केन्द्रले रुकुमको अर्को एक गाउँपालिका पनि थपेको छ । माओवादी केन्द्रले रुकुमको सिस्ने गाउँपालिकामा जित हात पारेको छ ।

सिस्ने गाउँपालिकाको अध्यक्षमा महिला नेतृ कुमारी बराल गौतम ३ हजार २ सय ९६ मत प्राप्त गरी विजयी भएकी हुन् । कुमारीले काँग्रेस र एमालेको गठबन्धनलाई हराउन सफल भएकी हुन् ।  

काँग्रेस–एमाले गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवार एमालेका नन्दलाल शर्माले २ हजार ४ सय ७१ मत प्राप्त गरे । सिस्ने गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका गोवद्र्धन बुढा ३ हजार ३ सय २३ मत प्राप्त गरी विजयी भएका हुन् । 

काँग्रेस–एमाले गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका लक्षिराम घर्तीले २ हजार २ सय ५७ मत प्राप्त गरे । ८ वडा रहेको उक्त गाउँपालिकाका ५ वडा माओवादी केन्द्रको प्यानल नै विजयी बनेको छ भने १ वडाको अध्यक्ष माओवादी केन्द्रले जितेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप