कुनै औषधीभन्दा कम छैन मेहेन्दी, थाहा पाउनुस् यसका विशेषता
बिहीबार, ०६ साउन २०७३, ११ : ००
धेरैजसो महिलाले हात र कपालमा मेहेन्दी लगाउने गर्दछन् । तर के तपाईंलाई थाहा छ, मेहेन्दी हाम्रो स्वास्थ्यको लागि पनि कति फाइदाजनक छ । अब मेहेन्दी सुन्दरताका लागि मात्र लगाइने नभइ अब यसको प्रयोग औषधीको रुपमा पनि हुन थालेको छ ।
माइग्रेनः
माइग्रेनका लागि मेहेन्दी निकै काम आउन सक्छ । यसका लागि रातमा १०० ग्राम पानीमा १०० ग्राम मेहेन्दीको पातलाई कुटेर भिजाउनुहोस् । बिहान उठ्ने बित्तिकै यसलाई छानेर पिउनुहोस् । यसले माइग्रेनको समस्यालाई टाढा राख्छ ।
चर्म रोगः
चर्म रोगलाई जरैदेखि निर्मुल पार्नका लागि मेहेन्दीको रुखको बोक्रालाई कुटेर सेवन गर्नुहोस् । यसलाई कम्तीमा पनि ४० दिनसम्म निरन्तर दोहोराउनु भयो भने यसले तपाईंको रोगलाई चमत्कारीक रुपमा निको पार्छ । यसमा ध्यान दिनुपर्ने कुरा के छ भने यो खाएको अवधिसम्म तपाईंले साबुनको प्रयोग भने गर्नुहुँदैन ।
मृगौलाः
आधा लिटर पानीमा ५० ग्राम मेहेन्दीको पात पिसेर हाल्नुहोस् । र त्यसलाई उमाल्नुहोस् । उमालेर यो पानी करिब १०० ग्राम जति भएपछि यसलाई छान्नुहोस् र मनतातो पानी पिउनुहोस् । यसले तपाईंको मृगौलासम्बन्धी रोग ठिक पार्छ ।
उच्च रक्तचापः
उच्च रक्तचापबाट ग्रसित मानिसहरुका लागि मेहेन्दी कुनै औषधीभन्दा कम छैन । मेहेन्दीको ताजा पातलाई राम्रो तरिकाले पिसेर यसको लेपलाई पैताला र हातमा लगाउनुहोस् । यसले तपाईंलाई निकै राहत प्रदान गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण