भारतीयको कुटाइबाट नेपाली सुरक्षाकर्मी घाइते, सीमा क्षेत्रमा तनाव
शनिबार, २२ साउन २०७३, २३ : ०२
पर्सा– नेपाली भूमिबाट बालुवा उत्खनन गर्न नदिएपछि आज अपराह्न भारतीयले नेपाली सुरक्षाकर्मीलाई कुटपिट गरेका छन् ।
पर्साको पिडारीगुठी गाविस–६ पाण्डेपुरमा पर्ने ओरिया खोलाबाट बालुवा झिक्न नदिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भारतीयले कुटेका हुन् ।
भारतीयको कुटाइबाट पर्साको भीखमपुरमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी जवान रत्नेस साह घाइते भएका छन् । भारतीयको कुटाईबाट सशस्त्र प्रहरी साहकोे हातमा गम्भीर चोट लागेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले जानकारी दिए ।
उनले घाइते सशस्त्र प्रहरी जवान साहको घाउ लागेको हातमा तीनवटा टाँका लगाइएको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको बताए ।
कुटाइबाट सशस्त्र प्रहरी साहको देब्रे हातमा तीनवटा टाँका लगाउनु परेको उपरीक्षक थापाले जानकारी दिए ।
नेपाल–भारत सीमाभन्दा दुईसय ५० मिटरभित्र नेपालमा पर्ने ओरिया खोलाबाट ५०÷६० जनाको सङ्ख्यामा रहेका भारतीयले छवटा ट्र्याक्टरमा बालुवा लोड गरिरहेका बेला सुरक्षाकर्मीले रोक्न खोज्दा भारतीयले आक्रमण गरेको उपरीक्षक थापाले दिए ।
खोलाबाट भारतीयले बालुवा उत्खनन गरेको स्थानीय नेपालीले जानकारी गराएपछि सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट भीखमपुरका सशस्त्र प्रहरी नायब निरीक्षक हरिप्रसाद लम्साल, प्रहरी चौकी पाण्डेपुरबाट प्रहरी सहायक निरीक्षक गोपाल खड्का र प्रहरी चौकी पिडारीगुठीबाट प्रहरी सहायक निरीक्षक राजकुमार घलानको नेतृत्वमा १७ जना सशस्त्र र नेपाल प्रहरी ओरीया खोलामा पुगी उत्खनन रोक्न खोज्दा लाठी र साबेलले आक्रमण गर्दा जवान साह घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
सुरक्षाकर्मी माथि आक्रमण गर्ने भारतीयमाथि नेपाली सुरक्षाकर्मीले लाठी चार्ज गरेपछि भारतीय भागेको र घटनास्थलबाट बालुवा तस्करीमा प्रयोग गरिएको भारतीय आइचर ट्र्याक्टर र बीआर २२ एन २०२८ नंको मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
दुवै सवारी साधन सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट भीखमपुरमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए । उनले सीमा क्षेत्रमा केहीबेर तनाव रहेपनि हाल स्थिति नियन्त्रणमा रहेको दिए ।
ओरिया खोलाबाट भारतीयले अवैधरुपमा बालुवा उत्खनन गर्दा पटक पटक नेपाली र भारतीयबीच झडप हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण