कक्षा १२ को विज्ञान सङ्कायको परीक्षाफल
आइतबार, २३ साउन २०७३, १९ : ४३
भक्तपुर - गत वैशाखमा उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले लिएको कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा ७३ दशमलव ७७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।
शिक्षा ऐन संशोधनसँगै परिषद् राष्ट्रिय परीक्षा बोर्डमा परिणत भएपछि बोर्डले आज पहिलो पटक नतिजा सार्वजनिक गरेको हो ।
प्रकाशित नतिजामा नियमिततर्फ कूल ४० हजार ६०३ विद्यार्थीमध्ये कूल २९ हजार ९५२ जना विद्यार्थी उतीर्ण भएको बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।
त्यसैगरी, आंशिकतर्फ कूल नौ हजार ७८१ परीक्षार्थी सहभागी भएकामा चार हजार ४१४ परीक्षार्थी अर्थात् ४५ दशमलव १३ प्रतिशत विद्यार्थी उतीर्ण भएको उनले जानकारी दिए ।
गतवर्षको भन्दा यसवर्षको परीक्षामा नियमिततर्फ २ दशमलब १२ प्रतिशत धेरै विद्यार्थी उतीर्ण भएका छन् । गतवर्ष भदौ १५ मा कक्षा १२ को परीक्षाफल सार्वजनिक गरिएकोमा यसवर्ष छिटोगरी परीक्षाफल सार्वजनिक भएको उनले बताए ।
बाँकी सङ्कायको परीक्षाफल आगामी भदौ १५ गतेभित्र सार्वजनिक गरिसक्ने लक्ष्यका साथ काम भइरहेको अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण