महाकाव्य लेखनको काम छोडेर सार्वजनिक कार्यक्रममा किन जान्छन् राष्ट्रकवि घिमिरे?
शनिबार, २९ साउन २०७३, १७ : ३१
काठमाडौं, साउन २९–राष्ट्रकवि माधवप्रसाद घिमिरेले नयाँ पुस्ताका सिर्जनाबारे उत्सुकता मेटाउनका लागि आफू ९८ वर्षको बुढ्यौलीका वाबजुद् सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुने गरेको बताएका छन् ।
राष्ट्रकवि घिमिरेले नयाँ पुस्ताका साहित्यकारहरुले के कस्ता पुस्तक लेखिरहेका छन् भन्ने थाहा पाउन आफूलाई निकै तलतल हुने गरेको बताए ।
एउटा गीति कविता सार्वजनिक गर्न शनिबार रिपोर्टस क्लबको सभाकक्षमा पुगेका राष्ट्रकवि घिमिरेले नयाँ पुस्ताका साहित्यकारका सिर्जनाबारे थाहा पाउने तलतल मेटाउनकै लागि आफू आफ्नो महाकाव्य लेखनको काम छोडेर सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुने गरेको बताए ।
कार्यक्रममा राष्ट्रकवि घिमिरेले गीता भेटवाल गौतमले लेखेको मुनाका बेदनाहरु नामक ४८ पृष्ठको गीति कविता संग्रह सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण