चौँरी गाईको रगत पिउने मेला रोक्न रिट
काठमाडौँ - सर्वोच्च अदालतमा म्याग्दीको खोप्रा लेकमा चौँरी गाईको रगत पिउने मेला रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर भएको छ ।
[caption id="attachment_65400" align="alignright" width="830"] file photo[/caption]अधिवक्ता अच्युतप्रसाद खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा नेपालको कानुनमा चौँरी गाई मार्ने, अङ्गभङ्ग गर्ने कार्य दण्डनीय अपराध मानेको हुँदा सो मेला रोक्न आदेशको माग गरिएको छ ।
रिट निवेदनमा भनिएको छ, “ज्यूँदो चौरी गाईको जिउबाट निकालिएको रगत पिउने मेला गैरकानुनी कार्य हो ।” मेलामा जिउँदो चौँरी गाईको जीउबाट निकालिएको तातोतातो रगत पिउने गरिएको र मेला कुनै प्रथा र परम्पराका रुपमा नभइकन म्याग्दीको सिख गाविसमा रहेको पाउद्धार मावि र राम्चे गाविसमा रहेको हिमाञ्चल उच्च माविमा सञ्चालन आर्थिक सङ्कलन गर्ने गरिएको रिट निवेदनमा उल्लेख छ ।
विसं २०५३ देखि प्रत्येक बर्सेनि चौँरीको रगत पिउने मेला लाग्ने गरेको र चौँरी गाईलाई चारैखुट्टा बाँधेर लडाई घाँटीमा प्वाल पारी उसको शरीरबाट २५÷३० गिलास रगत निकालेर पिउनेको भीड लाग्ने गरेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण