१ करोडको घोडा जसका लागि छ आफ्नै स्वीमिङपुल
काठमाडौं – काठमाडौंमा नाडा अटो शो चलरिहेको बेला यतिबेला कार र बाइकको खुबै चर्चा छ । लाखौं पर्ने गाडीहरु प्रदर्शनीमा राखिएका छन् । तर, छिमेकी मुलुक भारतमा भने एक व्यवसायीले १.११ करोड भारुमा एउटा घोडा किनेका छन् । उक्त घोडा भारतमा निकै सुविधायुक्त एसयुभी ग्राण्ड चेरोकीभन्दा पनि महंगो रहेको छ । उक्त गाडीको मूल्य ९३.६४ लाख मात्र पर्छ । घोडाका सौखिन मानिने राजस्थानका नारायनसिंह अकडावासले उक्त घोडा भावरसिंह राथौरबाट खरिद गरेका हुन् । प्रभात नाम गरेका उक्त घोडालाई नारायनसिंहले लामो समयदेखि किन्न खोजी रहेको इन्डिया टुडेले जनाएको छ । प्रभातलाई खरिद गर्न पछिल्लो समय विदेशबाट पनि अफरहरु आएको थियो । प्रभात मारवारी नश्लको घोडा हो । नारायनसिंहसँग उक्त नश्लका अन्य दुई पोथी घोडा पनि रहेका छन् । प्रभातका लागि उनले दुईवटा विशेष तबेला बनाएका छन् । यसको साथै प्रभातकै लागि भनेर एउटा स्वीमिङ पुल पनि बनाएका छन् । खानामा पनि उनलाई घ्युदेखि दुघसम्म खुवाइने र हरेक दिन स्याम्पुले नुहाउने र मसाजको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण