यो गाउँमा सबैजना बस्छन् निर्वस्त्र, कारण छक्क पारिदिने
संसारका लगभग सबैजसो देशमा रहनसहन, खानपिन र दैनिक व्यवहार एक अर्काभन्दा निकै फरक हुन्छन् । भिन्न हुँदाहुँदै पनि लगभग संसारका सबैजसो मानिसहरुलाई गाँस, बास कपासको आवश्यक परेकै हुन्छ । तर एउटा यस्तो देश छ जहाँका मानिसलाई गाँस र बासको आवश्यक त पर्छ तर कपास चाहिँदैन । अर्थात् यहाँका मानिसहरुले लुगा लगाउँदैनन् । थाहा पाउनुस् यसको के कारण हुनसक्छ ।
ब्रिटेनको हर्टफोर्डशायरको ब्रिकेटवुडमा ‘स्पिलप्लाट्ज’ नामक एउटा यस्तो गाउँ छ जहाँका मानिसहरु विगत ८५ वर्षदेखि निर्वस्त्र बस्दै आएका छन् । यहाँका प्रत्येक मानिस लुगा लगाउँदैनन् । अझ रोचक कुरा के छ भने, यो गाउँमा पर्यटकहरु पनि छुट्टी मनाउन आउँछन् । आफू बस्ने अवधिभरी यी पर्यटकहरु पनि निर्वस्त्र बस्ने गर्दछन् । यो अवधिमा उनीहरुले यस गाउँको नियम उल्लंघन गर्न भने पाउँदैनन् ।
यहाँ बस्ने मानिसहरु कोही आदिवासी जनजाती होइनन् । यी मानिसहरुको आफ्नै पब छ, स्विमिङ पुल, बंगला र खानपिनको हरेक व्यवस्था छ । यो गाउँको बारेमा निकै थोरै मानिसहरुलाई मात्र थाहा छ ।
यो गाउँलाई सन् १९२९ मा इसुल्ट रिचर्डसनले पत्ता लगाएका थिए । प्रकृतिको निकै नजिक र पूर्ण रुपमा प्राकृतिक तरिकाले बाँच्ने भन्दै उनीहरु निर्वस्त्र बसेको उनीहरु बताउँछन् ।
यद्यपी यहाँका मानिसहरुलाई जाडो महिनामा लुगा लगाउनको स्वतन्त्रता दिइएको छ । जाडो हुँदा कोही मानिसले कपडा लगाउन चाहन्छन् भने उनीहरु निस्फिक्र भएर लुगा लगाउन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण