पुरानो नेपालका अति दुर्लभ २५ तस्बिरहरु
मङ्गलबार, ०४ असोज २०७३, १२ : १८
१.सन् १९६० को असन, हिती मःघबाट कमलाक्षीतर्फ हेर्दा
२. सन् १९३७ को असन, हिती मःघबाट कमलाक्षी गणेश मन्दिरको दायाँपट्टी हेर्दा
३. असनको दबुमा सन् १९६० ताका चानचुन पैसा बेच्दै गरेका वृद्ध
४. रत्नपार्कबाट भोटाहिटी (अहिले शंखधर पार्क) सन् १९५८
५. सन् १९७० को असनमा रहेको गणेश मन्दिर
६. सन् १९०१ को भोटाहिटी । काठको बोर्डमा पैसा साट्नका लागि मानिसहरु बसिरहेका । उक्त फलेचालाई साझा सपिङ कम्प्लेक्सले ओगटिसकेको छ भने फलेचाको बायाँपट्टी रहेको चिःबा अहिलेसम्म उस्तै छ ।
७. सन् १९५९ मा भएको पहिलो आम निर्वाचनमा भोट हाल्नका लागि त्योदमा लाइन बस्दै महिला । ब्यालोट बक्स टेन्ट भित्र राखिन्थे ।
८. असन बजारले देशभरीका मानिसहरुलाई आकर्षित गर्दछ, अहिले पनि उहिले पनि । फोटोः सन् १९६९ तिरको ।
९. सन् १९६५ मा खिचिएको भोटाहिटिमा रहेको ‘ड्रिमल्याण्ड सप’ । होन्डा मोटरसाइकल दायाँपट्टी
१०. दबुबाट किसि ढ्वाकाको पश्चिमतिर हेर्दा । फोटोः सन् १९१३ । फोटो साभारः फ्लिकर/मदन पुरस्कार पुस्तकालय
११. असनको दबुबाट उत्तर पश्चिम कुना (कुन्छा) को दृश्य । फोटो सन् १९१३, फोटो साभारः फ्लिकर/मदन पुरस्कार पुस्तकालय
१२. दबुबाट गणेश मन्दिरको उत्तरपूर्वीतर्फको दृश्य । फोटोः सन् १९१३ । साभारः फ्लिकर/ मदन पुरस्कार पुस्तकालय
१३. कमलाक्षीको उत्तर पट्टीको दृश्य । फोटोः सन् १९५८ ।
१४. रानी पोखरीको सन् १९१३ को फोटो । नोटः पोखरीमा अर्को मन्दिर पनि छ । फोटो साभारः फ्लिकर, मदन पुरस्कार पुस्तकालय
१५. नेपालको पेपर हाउसबारे थाहा छ ? अहिलेको प्राइम बैंक भएको ठाउँमा थियो । कमलाक्षीबाट असनतर्फ सन् १९६१ मा हेरिएको तस्बिर । फोटो साभारः अमोस र्यापोपोर्ट ।
१६. असंमरु अजिमाको सन् १९१२ को तस्बिर ।
१७. सन् १९५८ को पल्टन घर । ढोकामाथि झुण्ड्याइएको पिंजडा हो ।
१८. केल टोलबाट असन तर्फको दृश्य । फोटोः सन् १९६२ ।
१९. दाँत र आँखाको उपचार एकै ठाउँमा । फोटोः सन् १९६० । साभारः कमी कनेत्सुका
२०. बाल कुमारीको आराम गर्ने घर । सन् १९२० ।
२१. त्यतिबेलाका साइनबोर्ड । सन् १९७० को तस्बिर ।
२२. असन र गणेश मन्दिर सन् १९६७ ।
२३. सन् १९३० को दरबार स्कूल ।
२४. कृष्ण पाउरोटीको ट्राइसाइकल असनमा पार्क गरिँदै । मानिसहरु बिहानीपख घुमिरहने व्यापारीबाट पाउरोटी किन्दथे । फोटोः सन् १९७६ ।
२५. भोटोहिटी रत्नपार्क सडक खण्ड । सन् १९६६ । फोटो साभारः सुज्यान अकियामा
यी सबै तस्बिर भिन्टेज असनको फेसबुक पेजबाट साभार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण