गजल : त्यो माटो सम्झँदा
आइतबार, १४ माघ २०७४, ११ : २५
–इमाला तावा (इकमान)
रुन्छ मन देशको त्यो माटो सम्झँदा ।
गरिबको कठिन त्यो बाटो सम्झँदा ।।
जति रोक्न खोजे पनि झर्छ आँशु ।
अशान्ति र भ्रमको त्यो पाटो सम्झँदा ।।
लाग्छ अब कहीँ कतै केही बाँकी रहेन ।
भाइ–भाइबीचको त्यो फाटो सम्झँदा ।।
चिर्छ छाती, बेस्सरी दुख्छ मुटु उसले विर्सेको ।
जनयुद्ध, जनआन्दोलनको त्यो खाटो सम्झँदा ।।
देशमा विकासभन्दा पनि विनाश बढी रहँदा ।
को रुँदैन र हरदिनको त्यो घाटो सम्झँदा ।।
खानीखोला–४, फुलडाडाँ, काभ्रे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण