मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यो होटलमा तपाईंकी श्रीमती गर्भवती भए १ करोड १२ लाख इनाम !

बिहीबार, ०६ असोज २०७३, १५ : ०९
बिहीबार, ०६ असोज २०७३

यदि तपाईंको नयाँ–नयाँ विवाह भएको छ र हनिमुनमा जान चाहनुहुन्छ भने तपाईंको लागि खुसीको खबर छ । एक होटलको अफर थाहा पाएर अचम्मित हुनुहुनेछ तपाईं । हनिमूनको क्रममा यदि तपाईंकी श्रीमती यो होटलमा गर्भवती हुन्छिन् भने तपाईंले १ करोड १२ लाख इनाम पाउनुहुनेछ ।

यस्तो अचम्मको अफर दिने होटल इजराइलमा छ । येह्दा नामक उक्त होटलमा आउने ग्राहकहरुका लागि यस्तो अफर दिइएको हो । तपाईंमध्ये कतिले त यस्तो मोटो रकम पाइने भए, लामो छुट्टी लिएरै होटलमा बस्न जाने सोचिसक्नुभयो होला तर यति रकम पाउन सोचेजति सजिलो कहाँ छ र ?

यसका लागि होटेलले दिएको मितिमा नै गर्भवती हुनुपर्ने हुन्छ । यदि होटेलले तोकेको मितिमा नै कुनै महिला गर्भवती हुन्छिन् भने उनलाई करिब १ करोड १२ लाख उपहार दिइन्छ भने उनी र उनका श्रीमानको होटलको सबै खर्च कटौती गरिन्छ ।

४ वर्षमा एकपटक मात्रः

यस्तो अफरको आयोजना होटलको लिप इयर अर्थात ४ वर्षमा एक पटक मात्र गरिन्छ । होटलको यस्तो अफरको उपभोग गर्नका लागि थुप्रै जोडीहरु २९ फेब्रुअरीका दिन आएर बस्ने गर्दछन् ।

यदि महिलाले आफू उक्त समयमा नै गर्भवती भएको दाबी गर्छिन् भने होटल भित्रकै डाक्टरका टिमले जाँच गरेपछि आफ्नो निर्णय सुनाउने गर्दछन् । यदि महिलाको कुरा साँचो निस्केमा उनलाई कबूल बमोजिम रकम र उपहार प्रदान गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप