कथा : विश्वासघात
केदारनाथ नेपाल
गाउँघरतिर सरकारी विद्यालयमा पढेर ‘सेकेन्ड डिभिजन’मा पास हुनुलाई राम्रै मानिन्छ । एस.एल.सी परीक्षामा म ‘सेकेन्ड डिभिजन’मा पास भएँ । म पास भएको कुरा घरपरिवार र साथीभाइले थाहा पाइसकेका रहेछन् । फोनबाट लगातार बधाईका आवाजहरू आउन थाले ।
एस.एल.सी. पास भएपछि म कलेज पढ्ने तयारीमा थिएँ । काम एकातिर काम थियो भने पढाइ अर्कोतिर । तैपनि पढाइसँगै कामलाई पनि अघि बढाउने निर्णय गरेँ । पत्रकारितालाई मुख्य विषय बनाएर नारायणटारमा रहेको एक उच्माध्यमिक विद्यालयमा भर्ना भएँ ।
यसै क्रममा कलेजकै नाम परिवर्तन ‘एलिसा’सँग मेरो चिनजान भयो । उनी पनि गाउँबाटै अध्ययनका लागि काठमाडौँ आएकी रहिछन् । गाउँकै भए पनि मेरोभन्दा उनको आर्थिक अवस्था राम्रै थियो । उनी जागिर नखाई पढ्ने गर्थिन् । गाउँबाटै आएकी हुनाले हाम्रो केही व्यावाहारिक कुराहरू एक अर्कासँग मिल्थ्यो । उनको एकजना मिल्ने साथी रहिछन् मोनिका तर उनिभने कलेज पनि कहिलेकाहीँ मात्र आउँथिन् । आएको बेलामा भने हामीसँगै बस्थिन् । एलिसा र मेरो पढाइको स्तर पनि उस्तै थियो । नजानेको कुराहरू एकअर्कासँग सोध्ने गथ्यौँ । जसले गर्दा पढाइमा एकबाट अर्कोलाई सहयोग पुग्थ्यो, यसरी समय बित्दै जाँदा हाम्रो सम्बन्ध साथीबाट प्रेमी प्रेमीकाको रूपमा परिवर्तन हुँदै गइरहेको थियो ।
त्यसपछिका दिनहरूमा हामी प्रेमी प्रेमीकाका रूपमा घुमघाम गर्न थाल्यौँ । सँगै जिउने वाचा, कसम खाएका हामी कहिले दक्षिणकाली त कहिले विभिन्न पार्कहरूमा घुम्न जान्थ्यौँ । यसै क्रममा कक्ष ११ को परीक्षा नजिक आयो । कहिलेकाँही समय मिलाएर हामीसँगै बसेर अध्ययन गथ्यौँ । म पढाइसँगै जागिर खाने भएकाले दिउँसोको समयमा पढ्ने फुर्सद नै कहाँ मिल्थ्यो तैपनि ठेकेदार दाजुसँग १० दिनको बिदा लिएर परीक्षाको समयमा पढाइलाई नै प्राथमिकता दिएको थिएँ । मिहिनेतका साथ तयारी गरेर परीक्षा दिएका कारण परीक्षा राम्रो भएको थियो भने एलिसाको पनि राम्रो भएको थियो ।
समय बित्दै जाँदा हाम्रो प्रेम सम्बन्ध पनि प्रगाढ हुँदैगयो । कक्षा एघारको परीक्षापश्चात कक्षा १२ सुरु भयो । काम गर्दै पढ्दै गरे पनि पढाइमा म अब्बल नै थिएँ । शिक्षकको नजरमा पनि अनुशासित र जेहेनदार विद्यार्थीको रूपमा गनिन्थे ।
पढाइसँगै जागिरलाई अघि बढाएका कारण कक्षा १२ मा मैले नेपाली पढ्न नभ्याउने भएँ । तर म ढुक्क थिएँ, एलिसाको नोट पढेर भए पनि पास हुन्छु भन्नेमा । कक्षा १२ मा पनि मिहेनत र सोचेअनुरूप परीक्षा राम्रो भयो । परीक्षापश्चात् एलिसा जापान जाने भन्दै भाषा सिक्न लागिन् । आफू भने उही पुरानै काम । कहिलेकाहीँ म भन्थेँ एलिसा यदि तिमी जापान गयौ भने मलाई भुल्छ्यौ होला है ? मेरो यस्तो भनाइ सुन्ने बित्तिकै ऊ मेरो मुख थुनिदिन्थी र भन्थी– के भनेको यस्तो धत् कहीँ मैले तिमीलाई भुल्न सकूलाँ र ? तर मेरो मनमा भने कताकता डर उत्पन्न भइरहेको थियो यदि उनले मलाई भुलिन् भने मेरो अवस्था के होला ? सायद पागल हुन्छुहोला मनमनै सोच्थे । फेरि अर्को मनले सोच्थे एलिसा अरू केटिजस्तो हैन उनले मलाई कहिलै धोका दिन्नन् । समय बित्दै गयो एलिसाको पनि जापानको भिसा लाग्यो । ऊ जापान जाने भई । जाने अघिल्लो दिन ‘सपिङ’का लागि साथी जानका लागि जागिर छुट्टि लिन आग्रह गरि मलाई ।
उनले भने बमोजिम मैले ठेकेदार दाजुलाई आफू एक्कासि घरजानु परेको कारण दुई दिन काममा नआउने जानकारी गराए र एलिसासँग ‘सपिङ’को लागि जाने सहमति जनाए । हामी ‘सपिङ’को लागि भाटभटेनी ‘सुपरमार्केट’ महाराजगञ्ज गयौँ । ‘सपिङ’ गरेर छुट्टिने बेलामा उसले कफी खान अनुरोध गरी । नजिकै रहेको एक क्याफेमा हामी कफी खान गयौँ । कफी पिउँदै गर्दा ऊ धेरै रोई किनकि भोलिबाट हामी छुटिँदै थियौँ । हुन पनि हो भेट हुन्छ या हुन्न थाहा छैन । त्यो दिन उसले कफी भन्दा बढी आँसु पिएकी थिई । जे भए पनि समयको खेल ठान्दै आफूलाई सम्हाल्दै र उनलाई सम्हालिन आग्रह गर्दै क्याफेबाट बाहिरियौँ र आआफ्नो डेरातर्फ लाग्याँै भोलि बिहान १०ः०० एयरपोर्ट बिदाइ गर्न जाने सर्तमा ।
रुममा आएर खाना खान मन पनि लागेन त्यो दिन त्यतिकै सुतेँ । बिहान उठ्दा ७ः१५ भएछ हतार हतार खाना बनाएर खाएँ अनि सीधै एयरपोर्ट तर्फ लागेँ । उनीहरू आइसकेका रहेछन् एलिसा मेरै प्रतीक्षामा रहिछन् त्यहाँ उसले मलाई कलेजको मिल्ने साथी भनेर ममी बुबालाई चिनाई । केहीबेर बसेपछि एलिसा आँखाभरी आँसु खसाल्दै बिदाइको हात हल्लाउँदै एयरपोर्टभित्र पसी ।
एलिसा गएपछि म साँच्चै बेलाबेलामा टोलाउने गर्थें । गएको एक महिनापछि विदेशको नम्बरबाट फोन आयो । हेलो भने, उताबाट एलिसाले के छ खबर भनी मैले भने बाँचेकै छु । त्यो दिन साधारण कुराकानी मात्र भयो । उसले आपूm एकदम बिजी भएको बरु फेसबुक एकाउन्ट खोल्न र फोटाहरू अपलोड गर्न आग्रह गर्दै फोन राखी । त्यो समय आफूलाई फेसबुक एकाउन्ट खोल्न आउँदैनथ्यो नजिकैको साइबर गए र बीस रुपियाँ तिरेर एकाउन्ट खोले । एलिसालाई रिक्वइस्ट पठाएर २ र ४ वटा पनि अपलोड गरेँ । २, ३ दिन रिक्वेस्ट एसेप्ट नै भएन । ५औँ दिनको दिन एसेप्ट भयो । उनी अनलाइन नै रहिछन् । धेरैबेर म्यासेज मार्फत कुराकानी भयो ।
समय बित्दै गयो । २०७० चैत्र १९ गते उनी जापान गएको पनि एक बर्ष पुगेछ । तर त्यसपछि उनि फेसबुकमा पनि कम आउन थालिन् । गफ गरे पनि सधेको प्रश्नको जवाफ मात्र दिने उनको मप्रतिको व्यवहार परिवर्तन हुँदै गएको अनुभव मैले गर्न थालेको थिएँ । फेरि सोच्थे व्यस्त भएर होला । जे होस् समय बित्दै जाँदा उनी छुट्टीमा नेपाल आउन लागेको जानकारी मलाई गराइन् । उनको त्यो कुरा सुनेर म धेरै खुसी भएँ । म आफ्नो प्रेमीकालाई भेट्न पाउँदै थिएँ । वैशाख ९ गते उनी जापानबाट काठमाडौँ आइन् । मलाई भोलिपल्ट फोन गरिन् म उनलाई भेट्न गए । चाबहिलको टिफिन होममा भेट्यौ । बसेर खाजा खाँदै कुराकानी गर्यौ । उनले जापानमा नेपालमा जस्तो फुर्सद नहुने र फोन गर्न, अनलाइन बस्नसमेत समय नहुने कुरा बताइन् । मैले पनि उनले जे भनिन् पत्याउँदै गए, किनकि आफू विदेश गएको भए पो नपत्याउनु । यस्तै गफ गर्दागर्दै बेलुकाको ६ः०० बजिसकेछ । खाजाको पैसा मैले तिरेँ । दुवैजना बाहिर निस्क्यौ । आफू १५ दिनको छुट्टीमा आएकाले सबै आफन्तहरूसँग भेटघाट गर्नुपर्ने बाध्यता भएका कारण जाने दिन मात्र भेटघाट गर्ने बताउँदै त्यहाँबाट ऊ बिदा भई ।
तर उसले मलाई ढाँटेकी रैछे ऊ एक महिनाको छुट्टीमा त्यो पनि जापानमै सँगै पढ्ने र सँगै बस्ने नेपाली केटासँग नेपाली परम्पराअनुसार नै बिहे गर्नै भएर नेपाल आएकी रैछ । त्यो कुरा मैलेसँगै कलेज पढ्ने साथी मोनिका मार्फत् थाहा पाए । त्यो कुरा सुनेपछि म छाँगाबाट खसेजस्तो भएँ । पृथ्वी नै उल्टिएजस्तो लाग्यो । सबैतिर धमिलो मात्र देख्न थालेँ । बल्लतल्त आफूलाई सम्हाले र कोठातिर लागे । कोठाम पुगे । खाना पकउने मन नै लगेन । यदि मोनिकाको कुरा सत्य हो भने उनले मेरो जीवनसँग यति ठूलो खेल किन खेली ? तर पनि मनमा भने उसकै याद आइरह्यो फोन गरौँ झैँ लागेको थियो गरिन् । राति ‘डिस्टब’ होला भनेर । त्यो दिन खाना नखाई सुते । भोलिपल्ट बिहान उठे चियानास्ता खाइसकेर फोन गरे । फोन उठाई उसले मैले भने तिमीलाई भेट्न मन थियो । उसले कहाँ भेट्ने भनी । मैले टिफिन होममा नै भेट्ने कुरा गरे २ः०० बजे । म त्यहाँ १ः३० बजे नै पुगिसकेको थिएँ । किनकि म उनलाई भेट्न आतुर थिए बल्लतल्ल २ः०० बज्यो उनी आइपुगिन् ।
खाजा खाँदै गफ गर्दै थियौँ । मैले मोनिकाबाट थाहा पाएको कुरा उनलाई सुनाएँ । उनले त्यो कुरा स्वीकार मात्र गरिनन् उल्टै मलाई तिमीजस्तोसँग जिन्दगी चल्दैन । तिमी यही नेपालमै दुःख गर्छौ कति कमाउँछौ र ? यहाँ के पाइन्छ, उता सबथोक छ । इज्जत, पैसा, जीवन सबथोक छ । त्यसैले मैले मेरो भविष्य सोच्दै जापानमा सँगै पढ्ने केटासँग बिहे गर्ने निर्णय गरँे भनिन् । अनि हाम्रो माया प्रेम हामीले खाएका ती कसमहरू बिर्सियौँ ? ती त सबै वैैंसमा गरिएका भूल थिए । अहिले म बुझ्ने भइसकेको छु । त्यसैले यो निर्णय गरेँ । उनको जवाफ सुन्दा मेरो आँखाबाट आँसुका भेल बगिरहेका थिए । उनले दिएको धोकाले भन्दा बोलेका शब्दले मेरो मन धेरै दुखेको थियो । त्यपछि उनी केही बोलिनन् । बरु ब्यागबाट बिहेको कार्ड निकाली र मेरो हातमा थमाउँदै बिहेमा जसरी पनि आउन भन्दै त्यहाँबाट निस्केर आफ्नो बाटो लागी । म निःशब्द भएँ । जीउ पुरै पसिनाले भिजेको थियो दिमागले पनि आधा मात्र काम गरेजस्तो लाग्यो । कतिबेला रुममा पुगे थाहानै पाइनँ, बिहान ब्यँुझदा मात्र थाहा पाएँ रुममा आइपुगेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण