कबिता : बुबा
आइतबार, १४ माघ २०७४, ११ : ३४
प्रतिभा पौडेल ‘एकता’
बिहान सबेरैदेखि
बेलुका अबेरसम्म
सन्चो बिसन्चो केही नभनीकन,
हाम्रा अनेक आवश्यकतालाई पूर्णता दिन
हावा अनि पानीसँग
उकाली अनि ओरालीसँग
कठ्याङ्ग्रिदो जाडोमा किन नहोस्,
अनि प्रचण्ड गर्मीमा किन नहोस्
हाम्रा सपनालाई साकार पार्न,
दुःखको समुन्द्रबाट पर सार्न
अहोरात्र सङ्घर्ष गर्दै
जिम्मेवारी बहन गर्दा कहिल्यै थाक्नुहुन्न बुबा
कठिन छन् भूमिकाहरू कुनै अधुरा राख्नुहुन्न बुवा ।
अधिक समय ब्यतित गर्ने फुर्सद हुँदैन तथापि
हाम्रो खुसीमा हाँस्नुहुन्छ बुबा
सानो सानो खुसी पनि
हाम्रै निम्ति साँच्नुहुन्छ बुबा ।
वनस्थली, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण