सोनसिकले छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने
काठमाडौं–नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ । फेबु्रअरी १० र ११ मा इक्सन स्थित वोनखोङ्ग विश्वविद्यालयमा सेमिनार गर्न लागिएको समाजले जनाएको छ ।
“कोरियाको शिक्षा र अनुसन्धानको नेपालमा कार्यान्वयन तथा कोरियामा नेपालीका लागि अवसर’’ विषयमा २ दिने सेमिनार गर्न लागिएको हो । कार्यक्रममा कोरियामा रहेका नेपाली अनुसन्धानकर्ता , प्राध्यापक र विशिष्ट व्यक्तित्वहरुले आफ्नो धारणा तथा कार्यपत्र प्रस्तुत गर्ने संयोजक अंजना सिलवालले जानकारी गराइन् ।
कार्यक्रमको प्रमुख आतिथिको लागि कोरियाका लागि नेपालका राजदुत अर्जुन जंग बहादुर सिंहले सेमिनारको उद्ध्घाटन गर्ने वताइएको छ । शैक्षिक सेमिनारमा विद्यार्थीहरुले विचारको आदानप्रदान गर्नुका साथै शैक्षिक क्षेत्रको विषयमा वह िगरिने कार्यक्रमका सहसंयोजक प्रकाश देवकोटाले बताए । अनुसन्धानकर्ताहरुको लागि सेमिनार उपलब्धीमुलक हुने देवकोटाले जनाए ।
सोनसिकले कोरियामा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै कार्यक्रमहरु वार्षिकरुपमा गर्दै आएको वताइएको छ । सोनसिक १४ औ कार्यसमितिले पनि यसलाई निरन्तरता दिदै छैटौं शैक्षिक सेमिनार गर्न लागिएको संस्थाका सभापति विजय बस्नेतले बताए ।
कार्यक्रममा सहभागी हुनको लागि अनलाइन दर्ता फारम खोलीएको बताउदै बस्नेतले अनुसन्धानमुलक तथा जानकारीमुलक पोस्टर पनि सहभागी गराइने वताए । आयोजकले उत्कृष्ट ५ पोस्टरहरुलाई पुरस्कृत गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण